सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं :

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो।

पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन् ।

नेपाल समूहको सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको हो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।

अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ । ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो ।

प्रत्यक्ष निर्वाचित २० सांसदको हकमा अहिले केही नगर्ने र पार्टी एकताका लागि अझै उनीहरुलाई मौका दिइने एक एमाले नेताले राजधानीलाई बताए । नेपाल समूहले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई २ जेठ २०७५ कै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ ।

तर, ओली समूहले नेपालसहितलाई कारबाही गर्दै अघि बढेपछि पार्टीभित्र विवाद बढ्दै गएको स्रोत बताउँछ । नेपाल समूह नेता योगेश भट्टराईले पार्टी एकता बचाउन सांसद पदबाट राजीनामा नदिने निर्णय भएको बताउँदै छलफल जारी रहेको बताए ।

नेपाल समूह नेता भट्टराईका साथै घनश्याम भुषाल, गोकर्ण विष्ट र ओली समूहका नेता सुवास नेम्वाङ, विष्णु पौडेलबीच सोमबार पनि पार्टी एकता बचाउने विषयमा छलफल भएको छ । नेपाल समूहको सांसद बैठकमा भट्टराई, भुसाल, विष्टसहितका नेताले ‘ अहिल्यै राजीनामा दिनुभन्दा प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा तटस्थ उभिनु सबैभन्दा उपयुक्त हुने’ सुझाव दिएको स्रोतले बतायो ।

नेताहरू भीम रावल, झपट रावल, सरला यादव, मेटमणि चौधरीसहितले ‘तत्काल राजीनामा दिनुपर्ने पक्षमा सुझाव दिएका थिए । नेपाल समूहको सांसदको निर्णयपश्चात प्रत्यक्षतर्फका २० र समानुपातिकतर्फका ८ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका हुन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले सोमबार नै एमाले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । ओलीलाई दबाब दिँदै आएका गौतमले ओलीले पार्टी एकता जोगाउने संकेत नपाएपछि नेपाल समूहमा जाने बताएका छन् । ओलीसँगको भेटघाटपश्चात गौतमले आफ्नो धारणा सर्वाजनिक गर्दै ‘पार्टी विभाजन भए नेपाल समूहमा जाने’ बताएका हुन् ।

ओलीसँगको भेटमा गौतमले २ जेठ २०७५ कै अवस्थाबाट पार्टी अघि बढाउनुपर्ने प्रस्ताव गरेको तर ओलीले आफू ‘त्योभन्दा धेरै अघि बढिसकेको’ जवाफ दिए पछि गौतमले ओलीलाई साथ दिन नसक्ने बताएको स्रोतको दावी छ ।

अनुपस्थित एमाले सांसद विशेष अधिवेशनमा अनुपस्थित एमाले सांसदमा माधवकुमानर नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, गणेश पहाडी, जयकुमार राई, यज्ञराज सुनुवार, नारायण खतिवडा, पवित्रा निरौला खरेल, भवानी खापुङ, दीपकप्रकाश भट्ट, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, झपट रावल, मेटमणि चौधरी, सरला यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन र लक्ष्मीकुमारी चौधरी रहेका छन् । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय