शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला–मजदुरी गरे दैनिक गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफूले कमाएको २–४ रुपैयाँले दुई छाकको जोहो गर्दै आएकाहरू निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन् ।

यसरी बिहान–साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघसंस्थाहरूले पिचरोडमा नै राखेर खाना खुवाउन थालेका छन् । कोभिड– १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरूमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटोबाटोमा नै खाना खुवाउने र खानेहरू देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४औँ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाइ गरे पनि सडकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनहरूमा जसरी नै सवारीसाधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विनाकाममा हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखेको छ ।

कोभिड  न्यूनीकरणका उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय