शुक्रबार , चैत्र १६, २०८०

तनहुँ ।

जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको कम गर्न तनहुँमा रामवाण जस्तै बन्न पुगेको छ ।
जङ्गलमा पोखरी निर्माण गरिएका क्षेत्र आसपासको बस्तीमा हाल जङ्गली जनावर र मानवबीचको कम भएको छ । ‘‘वन क्षेत्रमै पानी पाएपछि क्षेत्रका वस्तीमा अहिले जङ्गली जनावरले दुःख दिएको छैन रामवाण जस्तै बन्न पुगेको छ पोखरी’’ डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले भन्नुभयो ।

काफ्लेका अनुसार पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको छ । डिभिजन वन कार्यालय तनहुँद्धारा मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै भुलाउन मद्दत पुगेको हो ।

चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिकामा १५, वटा भिमाद नगरपालिका, गाउँपालिकाहरु बन्दीपुर र देवघाटमा एक एक वटा पोखरी निर्माण गरिएको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो । पोखरीका लागि कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपियाँको लागतमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भानुमा १२ वटा पोखरी निर्माणको लागि अनुदान दिईएको भएपनि स्थानीय वासिन्दाले जनश्रमदान गरि तीन वटा थप पोखरी निर्माण गरेको काफ्ले बताउनु ।

जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन  व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने भएकाले प्रति पोखरी निर्माणलाई अभियानको रुपमा सञ्चाजनल गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवा प्यास मेटाउन बस्तीमा पस्ने चितुवाले आ’क्र’म’ण गरिरहेको निष्कर्ष निकाल्दै जङ्गलमै पोखरी निर्माण गर्न थालिएको हो ।

यो क्रम बढ्न थालेपछि वन कार्यालयले चितुवाको आ’क्र’म’णबाट जोगाउने उपाय अवलम्बन गर्न थालिएको हो ।
काफ्लेका अनुसार जङ्गलमा पानीको स्रोत नभएकाले चितुवा पानी खोज्दै बस्तीतिर आउने गरेको छ । ‘ योसँगै वन्यजुन्तका लागि आहाराको व्यवस्थापन गर्ने योजना पनि रहेको वन कार्यालयले जनाएको छ । शाकाहारी वन्यजन्तुका लागि घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । जसले गर्दा वन्यजन्तुको वृद्धि हुँदा चितुवाको आहार पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय