शनिबार , बैसाख ८, २०८१

काठमाडौं

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका एक जनप्रतिनिधिले आफ्नो निजी गाडी बिरामी बोक्न निःशुल्क दिएका छन्। रामेछापमा कोरोना संक्रमण हुनेको संख्या दिनानुदिन बृद्धि भएकाले वडाका बिरामी बोक्नका लागि वडा सदस्य कुमार ढुंगेलले आफ्नो निजी बुलेरो जिप निःशुल्क प्रयोग गर्न दिएका हुन्।

‘चिसापानीमा वडाभित्रका नागरिक कोभिड -१९ को मिल्दोजुल्दो लक्षण देखा परी शंका लागि स्वाब परिक्षण गर्नुपरेमा मनपा-८ चिसापानी का सम्पुर्णमा मेरो निजि प्रयोजनका लागि मैले प्रयोग गर्दै आएको बुलेरो गाडी नि:शुल्क रुपमा सञ्चालन गर्ने निर्णय गरेको छु ।’ एमालेबाट निर्वाचित वडा सदस्य ढुंगेलले भने,‘कोहि व्यक्ति संक्रमित भई अस्पतालसम्म जानु परेमा पनि बिरामी बोक्नका गाडी निःशुल्क प्रदान गर्नेछु।’

उनले आफ्नो क्षेत्रबाट आफुले सक्ने सहयोग सबैले गर्नुपर्ने बताउँदै बिरामी ओसार्न समस्या परेको देखेपछि आफूले चढ्दै आएको निजी जिप बिरामी बोक्न दिने निर्णयमा पुगेको जानकारी दिए। उनले भने,‘आफु बचौँ, परिवार बचाऔँ, समाज बचाऔँ र राष्ट्र बचाऔँ। आफु रहे सबथोक रहन्छ, आफु नै नरहे केही रहन्न।’

उनले स्वास्थ्य प्रमुखको सहजीकरणमा बिरामी तथा कोभिडको शंका लागेकालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने व्यवस्था हुने जानकारी दिए। ढुंगेलले कोरोनाको शंकास्पद लक्षण देखिएमा वा अस्पताल जाने सवारी साधन नपाएमा ९८५४०४०६७५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले महामारीका विरुद्ध सबै एकजुट हुन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन समेत आह्वान गरेका छन्। उनले चिसापानी स्वास्थ्य चौकी र आयुर्बेदिक औषधालयमा नेपाल सरकारबाट नि:शुल्क पाइने औषधीहरु पर्याप्त उपलब्ध रहेको स्मरण गराएका छन्। उनले मन्थली नगरपालिकाले पनि एम्बुलेन्सको व्यवस्था गरेकोसमेत जानकारी दिएका छन् ।

यस अगाडि रामेछाप नगरपालिकाकी उपमेयर सृजना खड्काले प्रयोग गर्दै आएको बा २ झ ४४६३ नम्बरको सुमो गाडीलाई कोभिड मैत्री बनाइएको छ। नगरपालिकामा ५ वटा एम्बुलेन्स भएपनि कोरोना संक्रमितको संख्या बढेपछि सेवा प्रवाह गर्न कठिनाई भएकाले उक्त सरकारी गाडी बिरामी बोक्न लागिएको हो।

अन्नपुर्णपोष्ट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय