बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

कारोना सङ्क्रमितलाई अस्पताल लैजान जिल्लामा एम्बुलेन्सको समस्या भएको छ । जिल्लामा पर्याप्त एम्बुलेन्स नहुँदा र भएकाले पनि सङ्क्रमितलाई बोक्न नमान्दा नागरिकले आपत्कालीन अवस्थामा सेवा उपयोग गर्न नपाएका हुन् ।

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या भएको मोलुङ गाउँपालिका स्थानीयबासी रमा फुयलले गुनासो गरिन् । कोरोनाको लक्षण देखिएका बिरामी अरु सवारीले बोक्न नमान्ने र एम्बुलेन्स पनि नहुँदा उपचारमा लैजान समस्या भएको उनको भनाइ छ। ‘सङक्रमितलाई अरु गाडीले बोक्न मान्दा रहेनछन् ।

त्यो पनि निषेधाज्ञाको बेला एम्बुलेन्स बाहेकका सवारी चल्न दिँदैन रहेछ’, उनले भनिन्, ‘जिल्लामा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं लैजाने भनेको एम्बुलेन्स नभएर लान सकिएको छैन। कोही कसैले सहयोग गर्न सक्नुहुन्छ भने कृपया यो विपद्काबेला सहयोग गरिदिनुहोला ।’

कोरानाका लक्षण देखिएकाहरु स्वाव संकलन गर्ने ठाउँसम्म पनि पैदल हिडेर पुग्नुपर्ने अवस्था छ । एम्बुलेन्स बाहेक अन्य सवारी प्रयोग गर्न सकिने विकल्प भएपनि एम्बुलेन्समा जस्तो अक्सिजन सहितको सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई थप समस्या हुनेगरेको छ । निषेधाज्ञाको समयमा सार्वजनिक सवारी सञ्चालन हुन छाडेपछि एम्बुलेन्सको माग बढेको छ । माग बढेपनि जिल्लामा एम्बुलेन्सको सङ्ख्या न्यून छ । एम्बुलेन्स नहुँदा कोरोना बाहेकका अन्य रोगका बिरामीलाई अस्पताल जान पनि समस्या भएको छ ।

जिल्लाभर नौ एम्बुलेन्स भएपनि चार मात्र चालु अवस्थामा रहेका छन् । ती एम्बुलेन्सले माग अनुसार सेवा दिन सकेका छैनन् । केही निजीस्तरबाट र केही मात्र सरकारीस्तरबाट सञ्चालनमा रहेका एम्बुलेन्स महामारीका बेला पर्याप्त नभएका हुन् । एम्बुलेन्स अभावको आवाज उठेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा एम्बुलेन्सको अवस्था बुझ्न स्थानीय तह र सरोकारवालासँग भर्चुअल बैठक गरेको थियो ।

बैठकबाट जिल्लामा एम्बुलेन्सको अवस्था निकै न्यून रहेको र भएका एम्बुलेन्स पनि सबै सञ्चालनमा नरहेको पाईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिईन्। ‘जिल्लामा एम्बुलेन्सको साह्रै अभाव छ भन्ने गुनासो आयो । भएका पनि सञ्चालनमा छैनन् भन्ने सुनेपछि सरोकारवालाको बैठक राखेर छलफल गरियो ’, उनले भनिन्, ‘कोरोना महामारी बढिरहेका बेला एम्बुलेन्सको सेवा माग अनुसार मात्रै होईन तत्काल उद्धार गर्नुपर्ने बिरामीलाई समेत हुनेगरि एम्बुलेन्सहरु तयारी अवस्थामा राख्न समन्वय गरेको छु ।

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय