बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

दोस्रो चरणको कोरोना मुलुकभर तीब्र रुपमा फैलिरहेको अवस्थामा अक्सिजनको अभावमा  गुमाउने कोरोना संक्रमितहरुको संख्या पनि दिनानु दिन बढिरहेका छन् । त्यस्तै, अस्पतालहरुले समेत अक्सिजनको अभावका कारण दक्ष जनशक्ति भएर पनि संक्रमितहरुको उपचार गर्न सकिरहेका छैनन् ।

अक्सिजन अभावकै कारण मुलुकभरका संक्रमितहरुले  गु’मा’इरहेका अवस्थामा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गर्नुभएको छ ।

मंगलबार (आज) एक भिडियो जारी गर्दै नेता थापाले अक्सिजनको अभावमा कोरोनाम संक्रमित र संक्रमितका आफन्तहरुले दुःख पाएको बताउँदै अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउन प्रधानमन्त्री ओलीलाई अपील गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू! अक्सिजनको अभावमा विरामी र उनीहरुका आफन्तको छट्पटी अवस्था छ । कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु ।’

त्यस्तै, नेता थापाले न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा बाल्दै व्यवस्थापन गर्न नसक्दा र जिम्मेवारी लिनेहरुको प्राथमिकतामा नपरेको तथा तयारीसमेत नगरेका कारण मुलुकभर अक्सिजनको चरम अभाव हुन पुगेको बताउनुभएको छ ।

उ हामीसँग भएको पूर्वाधार, जनशक्तिको समर्पण, क्षमता यी सबै कुरा मैले पनि नजिकबाट हेरेर आउने मौका मैले पनि पाएको छु । व्यवस्थापन सही ढंगले गर्न सकेको भए र अहिले पनि व्यवस्थापन सही ढंगले गर्न सक्ने भए यो हदसम्म जानुपर्ने हाम्रो अवस्था होइन ।’

उहाँले थप भन्नुभयो, ‘अहिले अस्पतालमा कोभिडको विरामीहरुको चाप बढ्नासाथ अस्पताललाई पहिले जुन अक्सिजनले पुगिरहेको थियो, त्यस भन्दा २० गुणा–२५ गुणा बढी अक्सिजन लाग्छ, भन्ने कुरा आज भन्दा ढेड दुई महिना अगाडि नै अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।’

न्युज २४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय