बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ ।

(जसपा) का अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् । त्यसको संकेत उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेबेला तटस्थ बसेर देखाईसकेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सल्लाहमै आफूलाई तटस्थमा उभ्याएको अड्कलबाजी भैरहेको छ ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान भैसकेको अवस्था छ । तर, बालुवाटार भने विपक्षी गठबन्धनको सरकार नबन्नेमा ढुक्क छ । जसपाको ठाकुर पक्षले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने भनेर सार्वजनिक रुपमै भनिसकेको छ । यही बीचमा हिजो प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको हो । जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारमा आउनको लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिएर सरकारमा ठाकुरलाई नै सहभागी हुन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ । ठाकुरले पनि सरकारमा नजाने भनेर ठ्याक्कै भनिसकेको छैनन् । तर, त्यसको लागि आफूहरुले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने उनको शर्त छ । यदि बहुमतको सरकार नबनेको खण्डमा आलीले नै फेरी विश्वासको मत लिन वा संसद विघटन गर्न सक्छन । तर ठाकुर-राजेन्द्र पक्ष पनि चुनावको पक्षमा नरहेको बुझिएको छ । ओलीले संसद विघटन गर्दा उनीहरु आफै सडकमा उत्रिएको छ । ओलीले उपप्रधानमन्त्री र गृहमन्त्री दिएर सरकारमा सहभागि गराउन पुरै जसपालाई प्रस्ताव राखेको भएपनि उपेन्द्र-बाबुरामको कारण सहमति जुटेन ।

ठाकुर उपप्रधानमन्त्री र राजेन्द्र गृहमन्त्री बन्ने रणनीतिका साथ उनिहरु अघि बढेको बुझिएको छ । गृहमन्त्री बन्ने राजेन्द्र महत्तोको ठुलो सपना रहेको पनि उनि निकट नेताहरु बताउछन ।

गठबन्धनको सरकारमा सहभागि हुदा आफ्नौ माग पुरा हुने तर उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली मन्त्रालय नपाउने भएपछि उनिहरु गठबन्धनको सरकारमा सहभागि नहुने अवस्थामा छन ।

दैनिकन्यूज नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय