बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

हार्ले डेभिडसनको नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक हुने भएको छ। अमेरिकी मोटरसाइकल निर्माण कम्पनी, हार्ले डेभिडसनले ‘लाइभ वायर’ नामक नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने भएको हो।

‘लाइभ वायर’ सन् २०२१ को जुलाई ८ तारिखदेखि अन्तर्राष्ट्रिय मोटरसाइकल सोमार्फत डेब्यू गरिने अमेरिकी समाचार वेभसाइट इलेक्ट्रिकले जनाएको छ। यो बाइकको सुरुआती मूल्य अमेरिकी डलर २९ हजार ७ सय ९९ तोकिएको छ।

इलेक्ट्रिक वेभसाइटका अनुसार ‘लाइभ वायर’बारे थप जानकारी दिन कम्पनीका प्रवक्ताले अस्वीकार गरेका छन्। त्यसैले यसको क्षमतालगायत अन्य विशेषताहरू सार्वजनिक भएको छैन।

गत फेबुअरीमा भने कम्पनीका मुख्य कार्यकारी अधिकारी जोचेन जेटिजले यसको औसत मूल्य घटाएका थिए। त्यस्तै उनले कार्यहरू व्यवस्थित ढंगबाट अघि बढाए भने उत्पादनको पोर्टफोलियोलाई पनि छाँटे।

जोचेन विद्युतीकरणलाई प्राथमिकता दिदैँ हार्लेको कोर हेवीवेट बाइक सेग्मेन्टमा बढी लगानी गरिरहेको इलेक्ट्रिक वेभसाइटले जनाएको छ।

कम्पनीद्वारा जारी एक विज्ञप्तिमा जोचेनले भनेका छन्, ‘लाइभ वायर इलेक्ट्रिक ब्रान्डले भविष्यमा हार्ले डेभिडसनको विद्युतीय मोटरसाइकलहरूमा प्रयोग हुने टेक्नोलोजीको विकास गर्ने योजना बनाएको छ।’

कम्पनीका अनुसार हार्ले डेभिडसनको यो नयाँ विद्युतीय मोटरसाइकल पहिले सहरी क्षेत्रका लागि केन्द्रित हुनेछन्। अर्थात् यिनीहरू सानो र हलुका हुनेछन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय