शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

दाङमा किसानले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। गोलभेडा बिक्री नभएर किसानको खेत बारीमै छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसान शिशिर रावतले आफूले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा लैजाउ भन्दा समेत ब्यापारीले लैजान नमानेको बताए।

गोलभेडाको मुख्य सिजनमै बिक्री नभएपछि खेतबारीमै भएको उनले बताए। ‘करिब दश कठ्ठा क्षेत्रफलमा हामीले गोलभेडा खेती गरेका थियौं,’ रावतले भने ‘अहिले बोटमै पाकेको छ, तर किन्न कोही आउँदैन।’

बखरिया गाउँमा मात्रै किसानले गरेर २५ बिघा जति क्षेत्रफलमा गोलभेडा खेती गरेको र कसैको पनि बिक्री नभएको रावतले बताए।

रावतले भने ‘हाम्रो मिहेनत र मल तथा बिउबिजन खरिद गर्दा भएको खर्च पनि उठ्ने अवस्था छैन।’

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १० मा विद्यालयको जग्गा भाडामा लिएर १० बिघा बढी क्षेत्रफलमा गोलभेडा लगायत तरकारी खेती गरिरहेका महेन्द्र खड्काले खेतबारीमै भएको बताए। मुख्य सिजनमै हामीले उत्पादन गरेको गोलभेडा र तरकारी बिक्री नभएको बताए।’

कोरोना भाइरस नियन्त्रणका लागि भनेर स्थानीय प्रशासनले वैशाख १७ गते बिहान ६ बजेदेखि जिल्लामा नि’षे’धाज्ञा जारी गर्दै आएको छ। पछिल्लो सयम फेरि त्यो अवधि बढाएर जेठ १ गतेसम्म पुर्याइएको छ।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय