शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

गत वर्ष नेपालमा कोरोना सुरू हुँदा धेरैलाई यसका बारे खासै जानकारी थिएन। देश नै लकडाउनमा गएपछि सबै अन्यौलमा परे।
एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै बञ्चित हुँदै थिए। उपचारका लागि अस्पताल पुग्नै पर्ने बिरामीको हालत दिन-प्रतिदिन बिग्रँदै थियो।

फोन गरेर बोलाउँदा एम्बुलेन्स ठाउँमा पुग्दैनथे। पुगिहाले पनि मनलाग्दी भाडा असुलेर बिरामी झनै उपचार गराउन नसक्ने अवस्थामा पुग्थे।त्यो समयमा आफ्नो कार्यक्षेत्रमा बिरामीका लागि साहरा बनेर उभिए राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा। यो कामलाई उनले अझै निरन्तरता दिइरहेका छन्।

उपमेयर लामा आइतबार बिहान ११ बजेतिर नगरपालिका कार्यालय नजिकै पूर्व-पश्चिम राजमार्गमा पिपिई लगाएर गाडी चलाउँदै गरेका भेटिए। उनी आफूले पाएको सरकारी गाडीमा राप्ती-३ की बिरामीलाई चढाएर भरतपुर अस्पतालतर्फ हुँइकिँदै थिए।

मिर्गौलामा समस्या भएकी ज्ञानीमाया राईले डायलासिसको लागि भरतपुर पुग्न एम्बुलेन्स नपाएपछि उपमेयर लामासँग सहयोग मागेकी थिइन्।भण्डाराबाट भरतपुर तीस किलोमिटर पर पर्छ। एम्बुलेन्सले अस्पताल लगेको र ल्याएको कम्तीमा २ हजार ५ सय लिने गरेका छन्।

उपमेयर लामाले आफ्नो नगरका कोरोना संक्रमितसँगै अस्पताल जान समस्या झेल्दै आएका दीर्घरोगीको पनि व्यवस्थापन गर्दै आएका छन्।‘कोरोना संक्रमितको उपचार सुरू गर्न भण्डारा अस्पतालमा २० शैयाको अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेका छौं, आवश्यकताअनुसार भरतपुरका ठूला अस्पतालहरू लैजान समन्वय र सहयोग गर्ने गरेका छौं,’ लामाले भने।

लामाले कोरोना संक्रमितबाहेकका अन्य बिरामीको समस्या पनि ठूलो रहेकाले त्यसतर्फ पनि आफूले समय दिँदै आएको बताए।

‘यो विपन्न समुदाय धेरै रहेको नगरपालिका हो, पहाडी क्षेत्रको ठूलो हिस्सा यहाँ छ। यातायात ठप्प हुँदा उनीहरू अस्पतालसम्म पुग्न पनि सकेका छैनन्,’ उपमेयर लामाले भने, ‘जनप्रतिनिधि भएको नाताले जनताको सेवा गर्ने अवसर यही हो भनेर खटेको छु।’

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय