बिहिबार , बैसाख १३, २०८१

बीबीसी । “आजका स्मार्टफोनको क्यामेराले बीस वर्ष अगाडि झन्डै ८ हजार डलर हालेर किनेको वास्तविक क्यामराभन्दा राम्रा तस्बिरहरु निकाल्छ,” अकल्यान्डस्थित प्रोफेसनल फोटोग्राफर टम आङ भन्छन् ।

अहिले हाम्रा स्मार्टफोनमा जडान क्यामेरा यति राम्रो गुणस्तरमा आइसकेका छन् कि धेरै युवाहरुलाई पहिलेको रिलवाला क्यामरा कल्पना गर्नसमेत अनौठो लाग्न थालिसकेको छ ।

आङलाई भने अझै पनि उनको हाइ–एन्ड डीएसएलआर क्यामरा नै प्यारो छ । तर प्रायः मानिसहरु जीवनका यादगार क्षणहरु कैद गर्न स्मार्टफोनकै फोटो या भिडियोमा निर्भर छन् ।

जसमा पनि अझै धेरै सुधारहरु आवश्यक रहेको प्राविधिक बताउँछन् । किनकि अधिकांश स्मार्टफोनहरुले तौल र आकारका हिसाबले ठूलो अनि भारी लेन्स प्रणालीको प्रयोग गरिरहेका छन् जसले फोनको पछाडि पट्टीको ‘स्लिम’ डिजाइन नै बिगारिदिन्छ ।

त्यसैले अबको नजिकी भविष्यमा लेन्स प्रणालीमा ठूलो परिवर्तन आउने निश्चित छ । जसमा क्यामराको जुम गर्ने लगायत थुप्रै फिचरहरुमा सुधार ल्याउनाले तस्बिरहरु उज्यालो आउन सक्नेछ भने उता फोनमा लेन्सले कम ठाउँ ओगट्नेछ अनि तौल पनि बढी हुनेछैन ।

जस्तै कि अहिले हामीले स्मार्टफोनको क्यामराबाट जुम गर्दा औलाले स्क्रिन तन्काउनुपर्ने हुन्छ ।

त्यसो गर्नाले फोनको सफ्टवेयरले फ्रेम काटिदिन्छ अनि तस्बिरको गुणस्तर नराम्रो हुँदा फोटो धमिलो र फाटिएर आउने गर्दछ ।

यसैको समाधानमा अहिले क्यानडाको ओन्टारियोस्थित ‘एट स्कोप्स फोनोनिक्स’ ले सबै प्रकारका तस्बिरको गुणस्तरमा गिरावट नल्याइकन जुम गर्न मिल्ने र जति क्लोज–अप लिए पनि तस्बिर प्रष्ट हेर्न सकिने लेन्स निर्माणको काम गरिरहेको छ ।

कम्पनीका प्रमुख होल्डेन बेग्स र उनको टोलीले ‘लिक्वीड क्रिस्टल’ किसिमको प्रविधि हासिल गर्न खोजिरहेका छन् जुन ‘लिक्वीड क्रिस्टल डिस्प्ले’, एलसीडी पछि लोकप्रिय हुन पुगेको हो ।

यसमा उनीहरुले जुम लेन्स प्रणाली जस्तै इफेक्ट प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

१२ खरी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय