बिहिबार , चैत्र १५, २०८०

कुनै उच्च पदमा कार्यरत व्यक्तिलाई ‘तपाईं दिनमा कति हाँस्नुहुन्छ? कहिले हाँस्नुहुन्छ?’ भनेर सोध्यो भने, कस्तो उत्तर आउला। प्रायः उनीहरूको उत्तर हुन्छ होला, ‘के पो कुरा छ र हाँस्नलाई? काममा यति धेरै व्यस्त भइन्छ कि हाँस्ने फुर्सद नै हुँदैन।’

हाँस्न पनि फुर्सद नहुनेहरूको मनमा आनन्द हुन्छ होला त? हतार–हतार काममा गयो, काम सिध्यायो। केहीबेर पत्रिका पल्टायो। अनि भोलिको कामको बोझ टाउकोमा बोकेर सुत्यो। कतिपयको दैनिकी यस्तै हुन्छ।

व्यस्त हुँदा मात्रै होइन, उमेर बढ्दै गएपछि पनि हाँस्ने प्रक्रिया कम हुन्छ। अझ पैसा भएपछि त झन् कम हुन्छ। किनभने, जति वयस्क भयो, पढ्यो, लेख्यो, पैसा कमायो, उति गम्भीर अनुहार बनाउनुपर्छ भन्ने ठानिन्छ। तर, नहाँसेर स्वास्थ्यका लागि लाभदायक कतिपय कुरा गुमाइरहेका हुन्छौं।

बालबालिका दिनमा १०० पटक मुस्कुराउँछन्। तर, वयस्क मान्छे ओठ खोल्न पनि गाह्रो मान्छौं। हाँस्ने, पेट मिचीमिची हाँस्ने, आउनेगरी हाँस्ने भन्ने त वयस्क मानिसले सायदै गर्छन् होला।

त्यही भएर होला, आजकल त हाँसोबारे पनि छलफल हुन थालेको छ। स्वास्थ्य राम्रो राख्न योगका विभिन्न आसनमध्ये हास्यासन पनि छ। रामदेवको होस् वा रविशंकरको योगाभ्यास।

अझै पनि चिकित्साशास्त्रका किताब वा कक्षामा हाँसो र स्वास्थ्यबारे छलफल भएका छैनन्। तर, हाँसो र स्वास्थ्य सम्बन्धी अध्ययन भने भएका छन्। केही मानिसमा गरिएको अध्ययनमा के देखियो भने, व्यायाम गरेपछि झैं हाँसेपछि पनि शरीरमा सकारात्मक परिवर्तन हुन्छ। यससँगै शरीरभित्र अक्सिजनको मात्रा पनि बढेकोे पाइयो।

केही मानिसमा गरिएको अध्ययनमा के देखियो भने, व्यायाम गरेपछि झैं हाँसेपछि पनि शरीरमा सकारात्मक परिवर्तन हुन्छ। यससँगै शरीरभित्र अक्सिजनको मात्रा पनि बढेकोे पाइयो।

उनी ढाडको नसा खिइँदै जाने समस्याबाट पी’डि’त थिए। चिकित्सकले अब उनको जीवनको केही समय मात्रै बाँकी रहेको बताएका थिए। त्यसपछि उनले चिकित्सकको सल्लाहमै एउटा व्यावहारिक परीक्षण थाले। हास्यव्यङ्ग्यका थुप्रै रमाइला फिल्महरू हेरे। फिल्महरू हेर्दा धेरै हाँस्थे। हाँसेपछि भने दुखाइ कम गर्ने औषधि नखाएर पनि घन्टौं निदाउन सक्थे।

हाँस्यव्यङ्ग्य फिल्म हेर्दाहेर्दै उनको समस्या धेरै कम भयो। त्यसपछि ‘न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले यसको अध्ययन ग¥यो। र, स्वास्थ्य र हाँसोबीच सम्बन्ध रहेको तथ्य बाहिर ल्यायो।

त्यस्तै, सन् २००५ मा अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयका अध्यक्ष डा. मिखाइल मिशेलले एउटा विशेष अध्ययन गरेका थिए। जसमा ३०० जना व्यक्तिलाई सामेल गराइएको थियो। उनले सबैलाई केही प्रश्न दिए र उनीहरूको प्रतिक्रिया हेरे।

www.himalkhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय