शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

विदेशीहरूले दशकौंदेखी नेपालका शेर्पाहरूको प्रसन्न रहने स्वभावको कदर र प्रशंसा गर्दै आएका छन्।

तेन्जिङ नोर्गेको आत्मवृत्तान्तको भूमिकामा एकजना पश्चिमा आरोहीले ‘शेर्पा समुदायको सहनशीलता र राम्रो हास्यचेत, जसका लागि उनीहरू प्रख्यात छन्…’ का सवालमा नोर्गे एउटा प्रतीक भएको उल्लेख गरेका छन्। 

“शेर्पाहरू खुशी प्राणी हुन्, उनीहरू सहनशील र हास्यचेतले औधी भरिपूर्ण हुन्छन् भन्ने कुरा उनीहरूसँग यात्रा गर्ने जोकसैलाई थाहा हुन्छ,” ती आरोही पुस्तकमा लेख्छन्, “उनीहरू आफ्ना हरेक गतिविधि उल्लासका साथ सम्पन्न गर्छन्, हरेक कुरामा स्फूर्तिपूर्ण ढंगले जागरुकता देखाउँछन्।”

अन्य अन्तर–सांस्कृतिक सामान्यीकरण जस्तै, शेर्पाबारे भनिने यी कुरा पनि साधारण लाग्छन्, तर यो जति साधारण देखिन्छ, त्योभन्दा धेरै जटिल छ।

तेन्जिङ नोर्गे शेर्पा।
यथार्थ चाहिँ के हो त? के साँच्चै अन्य समुदायका मान्छेभन्दा शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले साँच्चै शेर्पालाई बुझेका छन्?

झट्ट सुन्दा शेर्पाहरूको बखान गरिएको भन्ने लागे पनि कतै यो अप्रत्यक्ष रूपमा गरिएको अपमान त होइन? उत्साही, हँसिला–खुशिला भनेर शेर्पाहरूलाई केटौले संज्ञा दिइएको त होइन? शेर्पाहरू अन्य समुदायभन्दा वास्तवमै रमाइला मान्छे हुन् भने उनीहरू किन यस्ता भए त?

सन् १९९० को अन्त्यतिर, शेर्पा संस्कृति र शेर्पाप्रतिको पश्चिमा दृष्टिकोणबारे मानवशास्त्रीहरूमाझ गजबको र निकै महत्त्वपूर्ण बहस भएको थियो।

उक्त संवादमा शेर्पाहरूको प्रसन्नता मुख्य विषय बनेको थियो। यस्ता बहसले हामीलाई विदेशी–नेपाली अन्तर्क्रिया र खासमा सम्पूर्ण इतिहास सुदृढ ढंगले बुझ्न मद्दत गर्छन्।

‘टाइगर्स अफ द स्नो’ (१९९६) भन्ने किताबमा भिन्केन एडम्सले ‘भर्चुअल’ शेर्पा र शेर्पा संस्कृतिलाई शेर्पाहरूबारे पश्चिमा बुझाइको जटिल प्रतिविम्बका रूपमा औंल्याएकी छिन्। शेर्पाबारे पश्चिमाहरूले तिनका आफ्नै आशा र सपनामा आधारित थुप्रै आर्थिक, राजनीतिक र सांस्कृतिक बुझाइ निर्माण गरेका छन्, जसले बाह्य समुदायसँग शेर्पाहरूको वास्तविक अन्तर्क्रियालाई नै प्रभाव पारेको छ।

शेर्पाहरूको निर्माण दुई प्रकारले  हुने गरेको उनले लेखेकी छिन्। “पश्चिमा हेराइ र उक्त हेराइका वस्तु बनेका शेर्पाहरूले नै शेर्पाको बेग्लै निर्माण गरिरहेका छन्,” उनी लेख्छिन्। (पृ. २२८)

अर्कोथरी तर्क छ– शेर्पाहरूले वर्षौदेखि, २०औं शताब्दीको शुरूबाटै हिमाल आरोहणमा लागिरहँदा विदेशी आरोहीहरूले केलाई महत्त्व वा इनाम दिन्छन् र उनीहरू के देख्न चाहन्छन् भन्ने बुझे। विदेशीहरू इमानदारी, भ्रातृत्व र प्रसन्नता रुचाउँछन् भन्ने थाहा पाएपछि त्यही अनुसार व्यवहार गर्न थाले।

शेर्पा संस्कृतिले यस्तो ढाँचा अँगालेको छ, जुन केही मात्रामा उद्देश्यवश, तर अन्जानमै समाहित छ र त्यो बाहिरियाहरूले लेखेको स्क्रिप्टमा आधारित छ। अथवा, यसरी भनौं, शेर्पा संस्कृति शेर्पाहरूकै अभिनय रहेको शेर्पा नाटकजस्तो छ, जुन पश्चिमा आरोहीका लागि तयार गरिएको हो।

‘लाइफ एन्ड डेथ अन माउन्ट एभरेस्ट’ (२००१) पुस्तकमा अर्टनरले फरक विचार राखेकी छिन्। उनले पश्चिमा आरोही र शेर्पाबीचको सम्पन्नताको दूरीलाई स्वीकार गर्दै के भनेकी छिन् भने, शेर्पाहरू आर्थिक रूपमा थप सम्पन्न भइदिएका भए उनीहरू बाहिरियाहरूको भारी बोकेर आफ्नो ज्यान दाउमा राख्दैनथे।

तर, अर्टनर के पनि भन्छिन् भने, सम्पन्नताको दूरीसँगै अन्य तत्त्व– विशेषगरी परिवर्तनशील शेर्पा समाजबाट उत्पन्न सुदृढ सांस्कृतिक तथा आर्थिक शक्ति– ले पनि शेर्पा आचरण र अर्थ–निर्माणलाई पश्चिमा दृष्टिले भन्दा उन्नत तरिकाले व्याख्या गर्छन्। उनले दिएका उदाहरणमध्ये एउटा प्रख्यात शेर्पा प्रसन्नताबारे छ।

himalkhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय