बिहिबार , चैत्र १५, २०८०

प लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले कम्तीमा एक लाखभन्दा धेरै नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको छ ।

मन्त्रालयका अनुसार कोभिसिल्ड खोप एक लाख ५४ हजार ११ डोज र चिनियाँ खोप भेरोसेल दुई लाख २२ हजार तीन सय ४० डोज मौज्दात छ । कोरोनामा बनाइएको खोपको म्याद ६ महिनाको मात्रै छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिन पुग्ने गरी मौज्दात छैन । पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा १३ लाख ६४ हजार सात सय एक नागरिक छन् । ‘पहिलो डोज लगाएकाहरूलाई तत्काल दोस्रो डोज आउने सम्भावना देखिँदैन । मौज्दात खोपले दोस्रो डोज लगाउन मिल्दैन । त्यसैले बाँकी डेढ लाख पनि पहिलो डोजमै प्रयोग गर्नु राम्रो हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

त्यस्तै, चीन सरकारले अनुदानमा दिएको आठ लाख भेरोसेल खोपमध्ये दुई लाख ८८ हजार आठ सय ३० डोज मात्रै प्रयोग भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो डोज लगाएकाहरूका लागि आवश्यक खोप राखेर पनि दुई लाख २२ हजार तीन सय ४० डोज प्रयोग गर्न मिल्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ५० हजारलाई पुग्ने चिनियाँ खोप बाँकी रहेको बताए । ‘खोप केन्द्रहरूमा थामिनसक्नु भिड भएकाले चल्दाचल्दैको खोप रोकेका हौँ,’ उनले भने, ‘मन्त्रालयसँग छलफल गरेर केही दिनमा पुनः चलाउँछौँ ।’ सरकारले भेरोसेल १८ वर्षदेखि ५९ वर्षसम्मका सबैका लागि खुला गरेको थियो । अब भने प्राथमिकताका आधारमा मात्रै खुला गर्ने डा. गौतमले बताए ।

३१ लाख ४८ हजार डोज खोप प्राप्त : १९ लाख पाँच हजारले दुवै डोज लगाए
स्वास्थ्य मन्त्रालयको खोप शाखाको तथ्यांकअनुसार अनुदानमा प्राप्त तथा खरिद गरिएको गरी अहिलेसम्म ३१ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ । यसमा भारतले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख डोज कोभिसिल्ड खोप जोडिएको छैन । भारतले १० लाख डोज कोभिसिल्ड र चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । कोभ्याक्स सुविधाबाट २२ लाख डोज उपलब्ध गराउने घोषणा भए पनि तीन लाख ४८ हजार डोज कोभिसिल्ड मात्रै प्राप्त भएको छ । त्यस्तै, सरकारले भारतीय कम्पनी सेरमलाई २० लाख डोजको रकम अग्रिम भुक्तानी गरे पनि १० लाख डोज मात्रै प्राप्त भएको छ ।

अहिलेसम्म १९ लाख पाँच हजार एक सय ५९ नागरिकले दोस्रो डोज खोप पनि लगाइसकेका छन् । त्यस्तै, ६५ वर्षमाथिका १३ लाख ६४ हजार सात सय एकजनाले पहिलो डोज लगाए पनि दोस्रो डोज पाएका छैनन् । खोप उपलब्ध भए जेठ पहिलो हप्ताबाट दोस्रो डोज लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ । सरकारले पहिलो डोज लगाएको आठदेखि १० हप्तामा दोस्रो डोज दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय