मंगलबार , बैसाख ११, २०८१

पर्वत ।

साहासिक पर्यटनको नयाँ र आकर्षक गन्तव्य बन्दै गएको पर्वतको कुस्मामा अब विश्वकै पहिलो स्काई चेयरसमेत सञ्चालनमा आएको छ ।कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुस्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बनेको विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्वीङसँगै नयाँ आकर्षणको रूपमा विश्वकै पहिलो स्काई चेयर सञ्चालनमा आएको हो ।द क्लिफ प्रालिले बञ्जीको रिर्सोटबाट कालीगण्डकीको खोँचमा स्काईचेयर निर्माण गरेको हो ।

स्काई चेयर कालीगण्डकी नदीमा पानीको सतहदेखि ४ सय४८ मिटर उचाइमा छ । स्काईचेयर सञ्चालनमा आएपछि कालीगण्डकीको कहालीलाग्दो खोँचमाथि आकाशमा कुर्सीमा बसेर पर्यटकले कफी पिउन र ब्रेकफास्ट खान पाउनेछन् ।‘विश्वमा यस्तो प्रकारको स्काईचेयर कहिँ पनि भेटिएको छैन ।

द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो– ‘नदीको खोँचमा आकाशमा बसेर कफी पिउने र ब्रेकफास्ट गर्न चाहने सहासी पर्यटकका लागि नयाँ सुविधा थपिएको छ ।’ चेयरमा बसेर कालीगण्डकीको खोँच, धौलागिरि हिमश्रृङ्खला, बञ्जी र स्विङ गर्दै गरेका दृश्य पनि देख्न सकिने छ ।

यस्ता स्काई चेयर दुबईमा क्रेनले कुर्सी तानेर माथि पु¥याउने खालका छन् । त्यस्तो चेयर बनाउन करोडौँ लाग्ने र औषत खर्च गर्ने पर्यटकले सुविधा उपभोग गर्न पनि कठिन हुने भएकाले सस्तो र त्योभन्दा पनि आकर्षक प्रविधि प्रयोग गरेर पर्यटकका लागि नयाँ स्वाद पस्किएको कार्कीले बताउनुभयो ।

चेयरमा बसेर ब्रेकफास्ट गर्न चाहनेले कम्तीमा ३ सयदेखि बढीमा ५ सय शुल्क तिर्नुपर्ने हुन्छ । तत्काल यसको मूल्य नतोकिएको र यही परिधिभित्र तोकिने अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले स्काई चेयरमा बस्ने दुई जनालाई हार्नेसले बाँधेर पुर्णरूपमा सुरक्षित गरिएको पनि बताउनुभयो । ‘दुर्घटनाको कुनै खतरा रहँदैन, सुरक्षाका सबै उपाय अबलम्बन गरेका छांै ।’ जमिनमा राखेर कुर्सीमा बसेपछि घुमाएर नदीमाथि लैजाने गरी यसको संरचना तयार भएको छ ।

द क्लिफले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एक मात्र स्काइ साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यवसायिकरूपमा सञ्चालनमा आएपछि देशभरका पर्यटकको आकर्षण बनेको छ । गएको हिउँद र नयाँ वर्षमा कुस्मामा सबैभन्दा बढी आन्तरिक पर्यटक भित्रिएका थिए ।

यो सँगै कुस्मामा विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइन र सिसाको स्काई ब्रिज पनि सञ्चालनको तयारीमा छ । द हार्नेस प्रालिले निर्माण गरेको जिपलाइन, स्काइ ब्रिजसहितका आकर्षक पर्यटकीय परियोजना पनि दशंै अगावै सञ्चालनमा ल्याउने तयारी भैरहेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । द हार्नेस प्रालिले पनि थप आकर्षक र सहासिक पर्यटकीय खेलहरू भित्र्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय