
पेरिस
फ्रान्समा क्याफे, रेस्टुरेन्ट, अत्यावश्यक व्यवसाय, पसलहरु मे १९ बाट खुला गरिने भएको छ ।
कोरोनाबाट संक्रमितहरुको संख्या उपचार कक्षमा घट्दै गएको बेला काफे, पसल र रेस्टुरेन्टहरु मे १९ बाट खोल्न दिइने सोमबार साँझ सार्वजनिक गरेका हुन् ।
कोरोना अवस्थामा हाल सुधार आएकाले स्थिति रहेको भन्दै उनले आउटडोर क्याफे, पसल, अत्यावश्यक व्यवसाय, रेस्टुरेन्ट खोल्न दिने बताएका हुन् ।
फ्रान्सको एलसीआई टीभीलाई सोमबार अपरान्ह अन्तर्वार्ता दिँदै उनले स्थिति सुधारिए पनि स्वास्थ्य अवस्था को सम्भावनालाई चनाखो भएर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, फ्रान्सका अस्पतालमा उपचार कक्षमा उपचाररत बिरामीहरुको संख्या आइतबार पाँच हजारबाट तल झरेको छ ।
मे १९ देखि प्रति टेबल बढीमा ६ जना ग्राहक मात्रै राख्न पाउनेगरि रेस्टुरेन्ट, क्याफेहरुलाई अनुमति दिइने भएको हो ।
कान्तिपुर