बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ

सरकारले कोटा निर्धारण गरेर अक्सिजन दिन थालेपछि अपुग भएको भन्दै अस्पताल व्यवस्थापकले कोरोना संक्रमितका आफन्तलाई आफैं अक्सिजन खोजेर ल्याउन आग्रह गर्न थालेका छन् । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीका आफन्तले समेत आफैं अक्सिजन जोहो गर्नुपर्ने अवस्था आएको हो ।

कोभिड–१९ सं’क’ट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले सोमबार कुन अस्पताललाई दिनमा कति सिलिन्डर अक्सिजन दिने भनेर कोटा निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अस्पतालमा उपचाररत बिरामीको विवरणका आधारमा सीसीएमसीले अक्सिजन सिलिन्डरको कोटा तोकेको हो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा निर्धारण गरिएपछि कसैले पनि अक्सिजन दिन नचाहेको बताए । ‘हामीलाई पहिला अक्सिजन दिने गरेको कम्पनीले तोकिएको ठाउँमा जानुस् भन्यो, तोकिएको कम्पनीले पनि अक्सिजन दिएन,’ उनले भने ।

महतोका अनुसार मेडिसिटीमा १ सय १८ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा मात्र ४० जना छन् । अस्पतालमा भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था छ । ‘दिनमा ३ सय सिलिन्डर जोहो गरेर बिरामीको उपचार गरिरहेका थियौं । सरकारले एक सय सिलिन्डर दिने निर्णय गरेको रहेछ,’ उनले भने, ‘अक्सिजन नभएकैले भोलि नहोस् भनेर बिरामीका आफन्तलाई वास्तविकता बताएर अक्सिजन खोज्न आग्रह गरेका छौं ।’ आईसीयू र भेन्टिलेटरमा हाइफ्लो अक्सिजन दिइँदै गरेका संक्रमितका आफन्त आफैंले अक्सिजन खोज्नुपर्ने भएपछि नि’रा’श छन् ।

९० जना संक्रमितको उपचार भइरहेको धुम्बाराहीको ह्याम्स अस्पतालले दिनमा सय सिलिन्डरको मात्र कोटा तोकिएपछि बिरामी भर्ना गर्न छाडेको छ । ‘भएकै बिरामीलाई अक्सिजन पुर्‍याउन मुस्किल भएपछि हामीले भर्ना लिनै छाडिसक्यौं,’ अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले भने, ‘जति कोटा तोकिएको छ, त्यतिमा सुविधा दिन गाह्रो भयो । यो समस्या सीसीएमसीमा राखिसकेका छौं । पुनर्विचार हुनेमा आशावादी छौं ।’ उनले ह्याम्समा दिनमा २ सय ५० सिलिन्डर खपत भइरहेको जानकारी दिए । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि पुरानो आवश्यकताअनुसार मात्रै भएकाले अहिले बढी अक्सिजन चाहिएको डा. शर्माले बताए ।

कान्तिपुर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय