शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपनि मुलुकको राजनीति आफ्नै रोडम्यापअनुसार अघि बढेको भन्दै मन्त्रीहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

संसदमा विश्वासको मत लिन असफल भएपछि लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो बताएको एक मन्त्रीले जनाए ।

कतिपयले अझैपनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेको बेला प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ती निकालेर धारा ७६ को २ बमोजिम सरकार बनाउनको लागि राष्टपतिले आह्वान गर्नुपर्ने माग गरेका छन् ।

ती मन्त्रीकाअनुसार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले एमालेका २८ जना सांसद अनुपस्थित् भएको घट्नाको बारेमा समेत निन्दा गरेका थिए । पार्टीको ह्वीप उल्लंघन गर्ने काम अक्षम्य भएको भन्दै तिनीहरुलाई माफी दिन नसकिने ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय