मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालको सम्झना गरेका छन् । उनले आफूले एक होटलबाट धरहरा हेर्दै गर्दा माधव नेपाल आइपुगेको र हेरेर राम्रो देखियो भनेको तर बाहिर गएर नेपालले अर्कै भाषण गरेको बताए ।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कतिपयले धरहरा नबन्दै उद्घाटन गरेको भन्ने टिप्पणी गरेको प्रति विमति जनाउँदै धरहरा बनिसकेको र नपत्याए हेर्न जान सांसदहरुलाई सुझाए ।

‘धरहरा बनेको छ परैबाट देखिन्छ, अस्ति एकजना मित्रलाई मैले होटलमा भेटघाट थियो । उहाँ नआइपुगेकाले मैले झ्यालबाट धरहरा हेर्दै थिएँ ।

यहाँबाट राम्रै धरहरा देखिँदो रहेछ भनेँ, उहाँले पछि भाषणै गर्नुभयो मलाइ धरहरा देखायो भनेर । धरहरा देखाउन नहुने कुरा हो र ?’, उनले भने , ‘मैले त सबै राम्रो देखिँदो रहेछ भनेर कुरा गरेको थिएँ ।’

आजको बैठकमा माधव नेपाल समूहको उपस्थिति रहेको छैन । जसका कारण र अरु दल समेतले सहयोग नगर्ने हुँदा ओलीले विश्वासको मत नपाउने देखिएको छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय