आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमडौँ

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको दावी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा देउवाले यस्तो बताएका हुन् । वर्तमान अवस्थाप्रति सरकार गैरजिम्म्वार रुपमा प्रस्तुत भएको भन्दै नेता देउवाले सरकारको कडा आलोचना गरेका थिए ।

‘एक वर्षअघि सरकारले आयात गरेको स्वास्थ्य सामग्रीमाथि भ्रषटाचार भयो । अहिले खोपमा भ्रष्टाचार भएको छ । यो भन्दा निर्लज्जता के हुनसक्छ ?’ देउवाले सोधे ‘कोरोना संक्रमणबाट आजको यो भयावह अवस्था आउनुमा सरकार जिम्मेवार छ ।’

कोभिड रोकथाममा सरकारको भूमिकाप्रति देउवाले आक्रोश प्रकट गरेका थिए । अस्पतालमा आईसीयू, बेड र भेन्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भइरहँदा प्रधानमन्त्रीले भने आत्मप्रचार गरिरहनु विडम्वना भएको भन्दै सरकारप्रति देउवाले आक्रोश व्यक्त गरे ।

‘कमिसनको कारण खोप आउन नसक्‍नु सरकारको मानवीयता र गैरजिम्मेबारी मात्र होइन, अक्षम्य अपराध हो। यो इतिहासले बिर्सिँदैन। आफ्ना गल्ली कमजोरीतर्फ आँखा चिम्लेर आत्मरत्तिमा रमाउनु र आत्म प्रशंसा गर्नु विडम्बना हो’ देउवाले भनेका छन् । प्रधानमन्त्रीले जतिसुकै आत्मप्रचार गरे पनि सरकारको नैतिक चरित्र उदांगो भइसकेको उनो दावी थियो ।

यस्तै संविधानका मूल मर्म भत्काउने र हुकुमी शैलीमा शासन चलाउने चरित्र प्रधानमन्त्रीमा देखा परेको उनले बताए । संसद विघटनको प्रसंग कोट्याउँदै उनले यो सरकार संविधानप्रति प्रतिवद्ध नभएको समेत आरोप लगाए ।

देउवाले सोधेका थिए, ‘यो अवस्था आउनुमा को जिम्मेबार ? अरुमाथि दोष थुपारेर प्रधानमन्‍त्री भाग्‍न पाउनुहुन्छ? यो सरकार पूर्ण असफल भएको छ। दम्भ र कुशासनकै कारण ओली सरकार असफल भएको छ । कोरोना खोपमा भ्रष्टाचार अक्षम्य अपराध हो, इतिहासले बिर्सिँदैन ।’

देउवाले अघि भनेका छन्, ‘संसद् पुनर्स्थापनपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्थ्यो, त्यो दिनुभएन। राज्य पद्धतिलाई भत्काएर संवैधानिक निकायहरूलाई निरीह बनाउने काम भयो। अध्यादेशमार्फत शासन गर्ने प्रयास भयो। संसदीय पद्धति र मर्यादालाई उपेक्षा गर्ने काम भयो। लोकतान्‍त्रित्रक पद्धति र विधिलाई भत्काइयो । संविधानलाई असफल बनाउने र वर्तमान राजनीतिक व्यवस्थालाई बद्‌नाम गर्ने काम भयो।’

सरकार गठनदेखि नै संविधानको उलंघन गरेकोप्रति उनले आपत्ति जनाए । सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान विपरित सरकार अगाडि बढेर संविधानको पालना नगरेको उनले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर त्यसको मर्यादामाथि प्रहार भएको आरोप लगाए । उनले बहुदलीय व्यवस्थामा प्रहारदेखि संसद अपहरण जस्ता काम भएको भन्दै उनले ओलीको आलोचना गरे ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय