मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ

मुलुकभर कोरोनाका बिरामी बढेसँगै अक्सिजन अभाव देखिएपछि उद्योगी तथा निर्माण सम्बद्ध व्यवसायीले अक्सिजनका सिलिन्डर फर्काउन थालेका छन् ।

व्यवसायीका सम्बद्ध छाता संगठनले अपिल नै जारी गरी सबैको जी’व न र क्षा हुने गरी अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि अपिल जारी गर्दै उद्योगी व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिन्डर दिएर सघाउन भनिसकेको छ ।

आग्रहअनुसार अक्सिजन प्लान्टमा सिलिन्डर फर्काउने काम जारी रहेको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । अहिले क ठिन समय भएकाले सबै सिलिन्डर स्वास्थ्योपचारकै लागि खपत हुनुपर्छ भन्नेमा महासंघ दृढ रहेको उनको भनाइ छ । ‘यसको नियन्त्रण सरकार आफैंले गर्दै छ,’ उनले भने, ‘सरकारको आग्रहमा निजी क्षेत्रले यसमा सहयोग गरेको हो ।’

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि शुक्रबार अपिल जारी गर्दै आआफ्ना उद्योगमा रहेका अक्सिजन ग्यासका खाली तथा भरी सिलिन्डर जिल्ला तथा प्रदेश संघमा रेकर्ड राखी स्थानीय तहमार्फत सरकारलाई उपलब्ध गराउन आग्रह गरेको छ । महासंघमा आबद्ध देशभरका व्यवसायीलाई यो आग्रह गरिएको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । उनका अनुसार देशभर ७ सय क्रसर उद्योगी छन् । अहिले ६ सय उद्योग मात्र सञ्चालनमा छन् । ‘यी उद्योगले थोरैमा पनि दुईवटा सिलिन्डर प्रयोग गर्छन्,’ रेग्मीले भने, ‘ठूला उद्योगले मौज्दात राखेर १५ वटासम्म प्रयोग गर्ने गरेका छन्, जसबाट औसतमा ५ वटा आए भने पनि ३ हजार सिलिन्डर देशभरबाट जम्मा हुने अपेक्षा छ ।’ यसको सुरुवात आफैं सिलिन्डर दिएर गरिएको उनको भनाइ छ ।

‘पहिला आफूले ६ वटा सिलिन्डर दिएपछि मात्र मैले अन्य साथीलाई पनि अपिल जारी गरेर आग्रह गरेको हुँ,’ उनले भने, ‘मैले धादिङको थाक्रे गाउँपालिकाका अध्यक्षलाई दिएर सहयोगको सुरुवात गरें ।’ अहिले देशभरबाट सिलिन्डर फर्काउने काम सुरु भएको छ । ‘उद्योगमा चाहिएको बेला आवश्यकताअनुसार अक्सिजन भरेर ल्याउने गरिन्छ,’ उनले भने, ‘नत्र खाली सिलिन्डर नै हुन्छ, त्यही भएर खाली भए पनि उपब्धल गराएर सहयोगको सुरुवात गरिएको हो ।’ अहिले आआफ्नो उद्योगमा भएका सिलिन्डर स्थानीय तहमार्फत सरकारलाई उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय