शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण र सुधारको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विश्वासको मत लिने सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नयाँ नयाँ बाटाहरु बनाउने सन्दर्भमा, मुलुकलाई सरुङ्ग मार्गको युगमा प्रवेश गराउने सन्दर्भमा होस् या अन्य थुप्रै प्रकारका सुधारका क्रममा सरकार निरन्तर लागि परेको उनको भनाइ छ ।

पछिल्लो समय सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको जिकिर गरे ।

सो सन्दर्भमा पछिल्लो समय सरकारले घरमै बसेर आफ्नो भूमिको मापन गर्ने मेरो कित्ता जस्तो सफ्टवेयरको सवालमा होस् या माटो, मल, लगायतको परीक्षणको सवालमा सरकारले सहज डिजिटल प्रयोगको सुरुवात गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ सरकार डिजिटल प्रविधिमा अघि बढिसकेका छ । अहिले हामी मोबाइलबाटै मेरो कित्ता एप्समार्फत जग्गाको कित्ताकाट, निरीक्षण गर्न सक्ने भएका छौं । नागरिक एप सञ्चालनमा आएको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यति मात्र होइन हामीले भर्खरमात्र काठमाडौँमा दैनिक १७ करोड पानी ल्याएका छौँ । काठमाडौं बासीले अहिले सहज रुपमा मेलम्चीको पानी खान, प्रयोग गर्न पाएका छन् । अझ हामी थप मेलम्ची र याङ्री गरी थप अरु १७/१७ करोड लिटर पानी ल्याइँदैछ । यसरी अब दैनिक ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ । धरहरा ठडिएको छ । अन्य विकास निर्माणका कामहरु तिब्र रुपमा भएका छन् ।’

प्रधानमन्त्रीले पुनः दोहो¥याए, ‘पहिले वर्षमा लगभग १० किलो मिटर बाटो बन्ने गरेकोमा अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण र कालोपत्र गरिरहेको छ । १२ वटा नयाँ स्मार्ट सिटी बन्दै गरेको छ, के यी सब सरकारको उपलब्धीपूर्ण कामहरु होइनन् र ?’  रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय