बिहिबार , बैसाख १३, २०८१

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेमा साथ दिने घोषणा गरेका छन् ।

उपाध्यक्ष गौतमको तर्फबाट धारणा सार्वजनिक गर्दै प्रेस संयोजक विश्वमणि सुवेदीले पार्टी विभाजनमा गौतमको साथ रहने जनाएका छन् ।

एमाले पार्टीलाई अदालतको फैसलाअघिकै अवस्थामा पुर्‍याउन नसकिने अध्यक्ष केपी शर्मा ओलीको अडानपछि गौतमले ओलीलाई साथ नदिने जनाएका छन् ।

गौतमले एमाले पार्टीमै समानान्तर गतिविधि गर्ने नेता नेपाल पक्षको कार्यलाई साथ नरहने तर पार्टी विभाजन गरेमा साथ रहने जनाएका छन् ।

‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ उदृत गर्दै सुवेदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।  लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय