शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ– गत फागुनमा राजधानी काठमाडौँमा फिल्म ‘प्रकाश’ को घोषणा भइरहँदा अभिनेता तथा निर्देशक अनुप बरालले अडिसनको कुरा निकाले ।

उनका विचारमा नेपाली कलाकारमा अडिसनबारे भ्रम छ । अनुपले भनेजस्तै के अडिसनबारे भन्ने भ्रम छ ?

केही कालाकार चर्चाका लागि मात्र अडिसनको कुरा हुने गरेको ठान्छन् भने कोही चाहिँ नेपालमा अडिसन लिने योग्य मान्छे नै छैनन् भन्छन् । निर्देशकहरू पनि अडिसनलाई उति महत्व दिँदैनन् ।

अभिनेता पुष्प खड्का फिल्म ‘दर्पण छाया २’ मा अडिसनबाट प्रमुख अभिनेता छानिए । निर्देशक तुलसी घिमिरेले क्यामरा फेस गर्ने, संवाद बोल्नेजस्ता अनेक पक्षमा उनको परीक्षण गरेका थिए ।

पुष्पले अर्को एक फिल्मका लागि पनि अडिसन दिए तर काम लागेन । उनले भने, ‘मैले अर्को एक फिल्मको लागि पनि अडिसन दिएको थिएँ, छानिएँ पनि तर पछि निर्माण युनिटले अर्कै कलाकार लिएर सुटिङ गर्‍यो ।’

पुष्पको बुझाइमा कतिपय अडिसन चर्चाका लागि सीमित छन्, यसैकारण नेपाली कलाकारलाई अडिसनमा विश्वास छैन । उनी भन्छन्, ‘केही निर्माता, निर्देशकले अडिसन लिएरै कलाकार छनोट गर्नुभएको छ, हामी प्रेमगीत ३ हेर्न सक्छौँ तर सबै अडिसन फेयर छैनन् ।’

पुष्पको अनुभवमा कलाकारले फिल्ममा ‘डेब्यू’ गर्न गाह्रो कुरा हो । ‘डेब्यु’ भइसकेपछि निरन्तर हुन सहज हुन्छ । भिडियो, फिल्म र विज्ञापनहरूमा काम गरिरहँदा राम्रो हुन्छ । ‘विदेशमा डायलगको टोनदेखि लिएर क्यारेक्टरको फिजिक, जेस्चर, बडी ल्याङवेज सबै हेर्छन्’, उनी भन्छन्, ‘त्यसो गर्दा कलाकारलाई पनि क्यारेक्टरबारे थाहा हुन्छ, अनि कलाकारमा आत्मविश्वास पलाउँछ ।’

‘स्वर’ बाट डेब्यु गरेर दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी नायिका केकी अधिकारीका अनुसार धेरै जसो कलाकार अडिसन दिन डराउँछन् । आफूले फिल्म बनाउन थापेपछि उनले अडिसनको महत्व बुझिन् ।

‘मलाई पनि डर लाग्थ्यो, अडिसन नै नदिई एउटा ठाउँमा पुगेको व्यक्ति, ममाथि विश्वास नभएको भन्ने फिल हुन्थ्यो,’ केकी भन्छिन्, ‘आफैँले फिल्म निर्माण गर्न थालेपछि अडिसन जरुरी रहेछ भन्ने महसुसु गरेँ । कहिलेकाँही नयाँ व्यक्ति पनि क्यारेक्टरमा फिट भइदिन सक्छ ।’

केकीको अनुभवमा पात्रको नजिक पुग्न कलाकारले कति मिहिनेत गर्न सक्छ भन्ने थाहा पाउन अडिसन आवश्यक छ तर उसलाई अस्वीकृत पो हुन्छु कि भन्ने डर हुन्छ ।

हालै प्रदर्शन भएको ‘कोहलपुर एक्सप्रेस’ र निर्माणको चरणमा रहेको ‘बोक्सीको घर’ की निर्मात्री केकीले चारवटा फिल्ममा अडिसन दिएकी रहिछन् । भन्छिन्, ‘रिजेक्ट पनि भएकी छु ।’

फिल्मको कथाले कलाकार निश्चित गर्छ । कथा तयार भएपछि मात्र कलाकार छनोट हुन्छन् । स्क्रिप्ट लेखक सामिप्यराज तिमल्सिनाका अनुसार स्क्रिप्ट लेखिरहँदा ‘क्यारेक्टर’ मात्र हुन्छ । को कालाकार हुन्छ भनेर लेखिँदैन । उनी भन्छन्, ‘कथा लेख्दा दयाहाङ राई वा विपिन कार्की भनेर दिमागमा आउँदैन ।’

सामिप्यराज आफूले अडिसनको कुरा सुनेको भए पनि ‘मेजर एक्टर’ हरू अडिसनबाट आएको थाहा नपाएको बताउँछन् । उनी भन्छन्, ‘स्थापित कलाकारहरूले पनि अडिसन दिइरहेका हुन्छन् । निर्देशकले आफूलाई चाहिएको चरित्रका लागि त्यो कलाकारले काम गर्न सक्छ कि सक्दैन भन्ने हेर्न अडिसन लिने हो ।’

सामिप्यराजको बुझाइमा अडिसन ट्यालेन्ट हन्ट जस्तै हो । उनका अनुसार नेपालमा अहिलेसम्म अडिसनबाट नयाँ मान्छे आएको देखिएको छैन । उनी भन्छन्, ‘निर्मातालाई कोही नयाँ मान्छे आइहाल्छ कि भन्ने लागेर अडिसन गरेका होलान् ।’

‘होस्टल रिटर्नस’ बाट फिल्मी अभिनयमा पाइला चालेकी नायिका स्वस्तिमा खड्काले अहिलेसम्म अडिसन नै दिएकी छैनन् ।

‘पहिलो फिल्ममा हामी सबै जना नयाँ थियौँ । मेकरले अडिसन नै त होइन तर केही संवाद बोल्न र अभिनय गर्न लगाउनुभएको थियो’, उनी सम्झिन्छिन्, ‘त्यसयता फिल्मका लागि भनेर अडिसन दिएको छैन । मलाई अहिलेसम्म कसैले पनि अडिसन देऊ भनेको छैन ।’

स्वस्तिमाको बुझाइमा नेपालमा अडिसन दिन उपयुक्त मेकर हातमा गन्ने संख्यामा मात्र छन् । उनी भन्छिन्, ‘मेकरले बेस्टका लागि कलाकारको अडिसन लिनु राम्रो हो । यो मेकरसँग काम गर्दा मलाई बेटर हुन्छ भन्ने नै एकदमै कम छ ।’

निर्देशक दीपेन्द्र के खनाल यथार्थपरक फिल्म निर्माणका कहलिएका निर्देशक हुन् । ‘पशुपतिप्रसाद’ र ‘आमा’ उनैले निर्देशन गरेका हुन् । दीपेन्द्रले निर्माणाधीन ‘चिसो मान्छे’ का लागि नायिका स्वस्तिमा, नायक अर्पण थापा र अभिनेता देशभक्त खनालको लुक र क्यारेक्टर टेस्ट गरे ।

दीपेन्द्र भन्छन्, ‘नयाँ कलाकारको अडिसन गर्दिनँ तर मैले काम गर्ने फिल्ममा पहिलो चरणको कुराकानी गरेर क्यारेक्टरको लुक टेस्ट गर्ने गरेको छु । मैले सोचेको क्यारेक्टरमा त्यो कलाकार आउँछ कि आउँदैन भनेर टेस्ट गर्छु ।’

दीपेन्द्रले ‘चिसो मान्छे’ का लागि स्वस्तिमा, अर्पण र देशभक्तसँग क्यारेक्टरको बारेमा छलफल गरे । त्यसपछि आफूले सोचेको लुक्सका बारेमा बताए । उनले भने, ‘मैले यस्तो सोचेको छु भनेपछि उनीहरूले त्यही हिसाबले आफूलाई तयार पारे । उनीहरूसँग क्यारेक्टर र भाषा टेस्ट गरेँ ।’

दीपेन्द्र कुनै ठाउँ विशेषको, धर्म विशेषको र व्यक्ति विशेषको विषय छ भने आफूले रोजेको कालाकार फिट हुन्छ कि हुँदैन भन्ने थाहा पाउन लुक्स टेस्ट गर्नुपर्ने बताउँछन् । ‘उपलब्ध कलाकारभन्दा धेरै फरक चाहिएको छ भने अडिसनबाट खोज्नु ठिक होला,’ उनी भन्छन्, ‘भइरहेकैबाट काम लिन्छु भन्ने छ भने अडिसन आवश्यक पर्दैन ।’

दीपेन्द्रको बुझाइमा नेपालमा अडिसनलाई कलाकारले आफ्नो योग्यता देखाउनुपर्ने हिसाबले बुझ्ने गरेका छन् । ‘स्थापित भइसकेका कलाकारलाई अलिकति असहज लाग्छ,’ उनी भन्छन्, ‘उसको पृष्ठभूमि हुन्छ । कतिवर्षदेखि काम गरिरहेको हुन्छ । उसलाई ए, मैले पनि अडिसन दिनुपर्ने भन्ने लाग्न सक्छ ।’

अडिसन खोजेको काम गर्ने क्षमताको परीक्षणा नै हो । नेपालमा नयाँ निर्माता र निर्देशकले अडिसनबाट फिल्ममा कलाकार छनोट गर्ने क्रम बढ्न थालेको छ । खवरहव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय