आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

निषेधाज्ञाको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य बस्तुको मूल्य बढाएका छन् । चिनीको मूल्य त उद्योगबाटै बढेर आएको भनिँदै छ । चिनी उद्योगीले प्रतिकिलो ८ रुपैयाँसम्म बढाएका छन् । साल्ट ट्रेडिङले तोकेको मूल्य हो, ७६ रुपैयाँ ५० पैँसा ।

तर, ठूला पसलले खुद्रा मूल्य ९०–९५ रुपैयाँमा बेचिरहेका छन् । साना पसलले त १०० रुपैयाँसम्म लिन थालेका छन् । निषेधाज्ञाले भारतबाट आउने चिनीको आयात बन्द भएपछि आन्तरिक उत्पादनले बजार पाउँदा उद्योगीले चलाखी गरेका भनिएको छ ।

तर, चिनी व्यापारीको सीधा सम्पर्क बालुवाटारसँग छ । प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगड चिनी व्यापारका लागि मुख्य जिम्मेवार ठानिन्छन् । त्यस्तै, चिनीका लागि अर्का जिम्मेवार ठहरिने नेता हुन्, लेखराज भट्ट ।

सुनसरी औद्योगिक क्षेत्रका उद्योगीले दुई साता यता चिनीको मूल्य बढेको स्वीकारेका छन् । उद्योगमा चिनी रित्तिएको अवस्थामा रहेकाले अभावका बेला मूल्य बढ्नु स्वाभाविक भनिरहेका छन्, उद्योगी ।

तर, मोरङको औद्योगिक क्षेत्र हेरिरहेका उद्योग परिसंघका अध्यक्ष भिम घिमिरेले चिनीको मूल्य बढेकोबारे थाहा नभएको बताए । उनले भने, ‘मेरो जानकारीमा चिनीको मूल्य बढेको छैन। उत्पादन अहिले नै रोकिएको छैन । यदि कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको हो भने अनुगमन गर्ने निकायले कारबाही गरे हुन्छ, हाम्रो सहयोग चाहिए जति बेला पनि तयार छाँै ।’

केही समय यता कोरोना खोपको कमिसन  सिङ्गो मुलुक हल्लाइरहेको छ । त्यो कमिसन काण्डमा समेत बालुवाटार घेर्नेहरू नै जिम्मेवार ठहरिएका छन् । त्यसमा केही समय पहिले आपूर्ति राज्यमन्त्री बनेका मोतीलाल समेत जोडिएका छन् । मोतीलालको सम्बन्ध सिंहदरबार र बालुवाटारसँग झाँगिएपछि नेपाली अर्थ राजनीतिमा चलखेल बढ्यो । नजानिँदो ढङ्गले बजार असन्तुलन पारिदिए, उनले ।

दुगड छिरेपछि पोहोरतिर केही सांसदले भारतीय ब्राण्डको अमूल दूध र त्यसका उत्पादनलाई भित्र्याउन भन्दै एजेन्सीहरु दर्ता गरेको भेटियो । झण्डै, अमूल भित्रिएन । कालाबजारिया र बिचौलियाको सीधा सम्पर्क जोडियो, बालुवाटारसँग ।  हाम्रा कुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय