मंगलबार , चैत्र ७, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

चर्चित पत्रकार रबि लामिछानेले कोभिड बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । भोलि बाट सेवा शुरु हुने गरि काठमाडौको बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन ।

यसबाट कसैले पारिश्रमिक नलिने बरु ३ महिनाको लागि आफ्नो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहने बताएका छन् ।

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

“कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु।

यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय