शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

१० दिनअघि युवा तथा खेलकुदमन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङ) को पद गएको छ । पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै मनाङे युवा तथा खेलकुदमन्त्रीबाट स्वतः पदमुक्त भएका छन् ।

१० दिनमै मन्त्री पद गुमाएका दिपक मनाङ्गेले कुनै किसिमले (विश्व रेकर्ड) पनि राखेको हुन सक्ने अनुमान गर्न सकिन्छ । हुन त अहिले यो (विश्व रेकर्ड) भनेर भन्नलाई ठ्याकै तथ्याकं छैन तर मन्त्री पद सम्हालेको १० दिनमै पद गुमाउने उनि विश्वकै थोरै मध्ये अथवा एक्लो व्यक्ति पनि बन्न सक्छन ।

मनाङेले गत १६ वैशाखमा पद तथा गोपनियताका शपथ लिएका थिए । उनलाई मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर इच्छाअनुसारकै मन्त्रालय दिएका थिए । आफ्नो सरकार जोगाउने प्रयास स्वरुप मुख्यमन्त्रीले मनाङले मन्त्री बनाएका थिए ।

निर्णायक जनमोर्चाले साथ नदिने र अविश्वास पारित हुने पक्का भएपछि मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएका हुन् ।  शपथपछि पत्रकारहरूसँग कुरा गर्दै मनाङेले ‘सरकार १० दिनमा जान सक्छ’ भनेका थिए । उनले सो कुरा भनेको ठ्याक्क १० दिनमा मुख्यमन्त्री गुरुङले राजी’नामा दिए ।

‘मलाई थाहा छ सरकार १० दिनमा जान सक्छ । सवाल १० दिनको होइन । सांसद त म हो नि । मन्त्री पद जाला रे,’ उनले भनेका थिए, ‘कुनचाहिँ मन्त्री बन्न चुनाव जितेको हो रु सांसद बनाएर पठाएको हो । सांसद छँदै छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय