बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय सांसदहरुले सामूहिक राजीनामा दिने भएपछि एमाले फुट्ने भएको हो ।

नेपाल खनाल समूहका ३१ सांसदले सामूहिक राजीनामा बुझाउन लागेका हुन् । राजीनामा दिनेहरुमा २१ जना प्रत्यक्षतर्फ निर्वाचित र १० जना समानुपातिकतर्फ निर्वाचित सांसदहरु छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहने सबै विकल्प बन्द गर्न नेपाल समूहका ३१ सांसदले राजीनामा दिन लागेका हुन् । नेपाल समूहका नेताहरुले ओलीसँग सहमति बनाउन पटक पटकको प्रयास विफल भएपछि नेपाल कठोर निर्णयमा पुगेका हुन् ।

एमाले सांसदबाट सामूहिक राजीनामा दिएर नेपाल खनाल समूह शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणमा लाग्ने रणनीति समेत बनेको छ । त्यस अघि नै माओवादी केन्द्रसँग एकता गरेर नयाँ कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर जाने तयारी समेत भएको बुझिएको छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय