काठमाडौं ।

नेकपा एमाले की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, ‘आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवे’दन’शील दिन पनि हो । हामी जे गर्न गैरहेका छौं, राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं । त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भावुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो ।

पार्टी विघटन भैसकेपछि अदालतमा से’टिङ गरेरै बनाउनुभएको छ । त्यो से’टिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको । त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो ।

त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ । उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र संविधान अनि कानूनको ध’ज्जी उडाउने काम गर्नुभयो । अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तर’सं’घ’र्ष गर्ने अवस्था रहेन । त्यो रहिनसकेपछि हाम्रा लागि अ’न्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने ।

त्यो कारणले स्वभावैले स्मृतिका लामा, हामीले गरेका यात्रा सम्झना छ । यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि । अझैपनि एउटा अध्यक्षले उदारतापूर्वक स्पे’श दिनुपर्छ, र भोलि विहान ९ बजेसम्म पर्खिएर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं ।’ रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय