शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं, २६ बैशाख ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको स्पष्ट पारेका छन् ।

आज बसेको पदाधिकारी बैठकको निर्णय सेयर गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न योगदान गर्न आग्रहसमेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ।

सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’

ओलीको पक्षमा उभिएका जसपा अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने निर्णय लिए । बालुवाटार पुगेर ठाकुरले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । त्यसअघि उनी बुढानिलकण्ठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । उनले देउवालाई पनि साथ नदिने संकेत गरे ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवका अलावा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोले सहमति विकास गरेर विभाजनको सबै ढोका बन्द गर्ने सफलता हासिल गरे । उनीहरुले भोलि ओलीको पक्ष विपक्षमा विभाजित नहुने र भएमा पनि सांसदहरुलाई स्वतन्त्र अधिकार दिने निर्णय लिए ।

ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय