आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पाल्पा। काठमाडौंको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न भईन् । उनको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल ।

“मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ”, ढकालले भनिन्, “त्यतिबेलाको राजामहाराजाको तथा महलको पनि झल्को दिने कुनै सामान यहाँ रहेनछन् । न त यसको ऐतिहासिक महत्वबारे यहाँ कतै लेखिएको पाइयो ।” ऐतिहासिक महत्वको स्थल भएर पनि व्यवस्थित गर्न नसक्नु कमजोरी भएको ढकालको भनाइ छ ।

साथीहरुसँगै काठमाडौँ बानेश्वरबाट रानीमहल अवलोकनका लागि पुग्नुभएकी भवानी सिंह पनि दङ्ग थिईन् । “रानीमहलका बारेमा धेरै सुने पनि आँखा अगाडि देख्न पाउँदा वास्तविकता थाहा हुँदो रहेछ, मैले त नाम सुन्ने बित्तिकै कति राम्रो र आकर्षक होला भन्ने कल्पना गरेकी थिएँ तर रित्तो घर मात्रै देखेपछि अलि नमज्जा लाग्यो”, सिंह भनिन्, “यहाँ आउँदा रानीमहलका बारेमा धेरै कुरा बुझ्न र देख्न पाइन्छ जस्तो लागेको थियो तर त्यस्तो भएन ।”

विसं १९५४ मा तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पाको तानसेन नगरपालिका–१३ स्थित कालीगण्डकी नदीको तिरबाटै जग उठाएर रानीमहल निर्माण गरेका हुन्। धार्मिक रूपमा पवित्र कालीगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर बनाइएको विशाल दरबार व्यवस्थित नगरिँदा त्यहाँ पुग्ने पर्यटक खिन्न हुने गरेका छन् । “रानीको स्मृतिमा बनाइएको रानीमहलबारे धेरै सुनेको थिएँ त्यसैले पहिलो पटक घुम्न आएँ । त्यति व्यवस्थित र आकर्षक भने रानीमहल रहेनछ”, रुपन्देहीको भलुहीका सुरज सुनारले भने ।

करीब ५६ फिट चौडाइ, ११२ फिट उचाइ भएको चारतले भवनको सन् १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहित निर्माण कार्य पूरा भएको थियो । यस महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रानीमहलको पुनर्निर्माण गरेको थियो । हरेक पल दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय