बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेको बेला ओलीका तर्फबाट नेताद्वय नेम्बाङ र पौडेल सिंहदरबार पुगेका थिए ।

दुई पक्षको वार्तामा पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा कसैको पनि विवाद नरहेको जनाउँदै नेम्बाङले भने ‘माधव कमरेडले पनि खुलस्त आफ्नो कुरा गर्नुभयो। पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा कसैको पनि वि’वाद छैन। देखिएका स’मस्या कसरी समाधान गर्ने भन्नेबारे सबैको चिन्ता छ ।’

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ । खनाल -नेपाल समुहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न बैठक बस्ने लागेको हो ।

शनिबार ओली पक्ष र माधव पक्षका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल भएको थियो । वार्तामा सहभागी नेताहरुका अनुसार पार्टी एकता पक्ष सहमत छ । तर माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत छैनन् ।

जसका कारण बदला स्वरुप माधवपक्षका ३५ प्रतिनिधिसभा र ७ राष्ट्रियसभाका सदस्य गरी ४२ सांसदले सामुहिक रा’जी’नामा दिने तयारी गरेका छन् । बैठकको समय भने निश्चित भएको छैन । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भर्चुअल माध्यमबाट भए पनि बैठक बस्ने बताएका छन् । न्युज अफ नेपाल,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय