बिहिबार , चैत्र १५, २०८०

लसएन्जल्स : गीतसँगै अफेयरका कारण पनि जस्टिन बिबरले प्रशस्त हल्ला मच्चाए । सानो उमेरमा गायनका कारण शिखर चुमेका क्यानेडियन गायक आजभोलि हेली बिबरसँग विवाह गरेर उतिसारो समाचारमा आउँदैनन् नत्र भने एक समय उनले लभ गरेर पनि तहल्का नै मच्चाएका थिए ।

उनको नाम सेलेना गोमेज, मिरान्ड केर, केन्डल जेनर लगायत थुप्रैसँग जोडिने गरेको थियो । तर, के तपाईंलाई थाहा छ ? उनले मिली साइरसलाई पनि गर्भवती बनाएका थिए ? जस्टिन र सेलेना गोमेजले ६ वर्ष उतारचढावपूर्ण सम्बन्ध बिताए । जस्टिन र सेलेनाले सन् २०११ देखि डेट गर्न सुरु गरेका थिए जुन सन् २०१८ सम्म चल्यो ।

यो बीचमा दुवैको झगडाका खबर त कति कति । सेलेना अन्तिमसम्म पनि यो सम्बन्ध बचाउने प्रयास गरिरहेकी थिइन् तर सकिनन् । सेलेनाबाट छुट्टिएको ६ महिना नबित्दै जस्टिनले विवाह गरे । तर, सन् २०१५ मा अनौठो हल्ला चल्यो । त्यो हल्ला थियो, सेलनो गोमेज र मिली साइरस गर्भवती भएको ।

अनि यसमा अचम्म के थियो भने दुवैलाई गर्भवती बनाउने मान्छे भनिएको थियो , जस्टिन बिबर । यो शंका थियो । यही समय चलेको हल्लामा सेलेना र मिलीबीच धुमधामसँग जस्टिनलाई लिएर झगडा परिरहेको पनि खबर थियो ।

लाइफस्टाइल डटकमले छापेको सो खबरमा भनिएको थियो, ‘जब मिलीले आफू गर्भवती भएको खबर सुनाइन् जस्टिन भड्किए । उनले बच्चाले आफू दवैको करिअर खतम गर्न सक्ने भन्दै रुष्ट भए ।’ उता सेलेनाले भने आफ्नो ब्वाईफ्रेन्डलाई गर्भवती बनाउनकै लागि पट्याएको आरोप मिलीमाथि लगाइन् । सो समाचारको हेडलाइन थियो ,‘ सेलना र मिली एकै मानिसद्धारा गर्भवती ।’

यो खबरको सेलनाले त खासै प्रतिक्रिया दिइनन् । तर मिलीको प्रतिक्रिया हेर्न लायक थियो । उनले सो समाचार इन्स्टामा सेयर गरेर मजाकिया अन्दाजमा लेखेकी थिइन्, ‘यसको मतलब जस्टिन बिवर हो ?’उता जस्टिन र सेलनाले भने यो खबरमा खासै प्रतिक्रिया दिएका थिएनन् । पछि यो खबर साँचो थियो कि झुठो त्यो पनि सतहमा आएन । इ कागज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय