मंगलबार , बैसाख ११, २०८१

काठमाडौं : अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्मको इतिहास हेर्दा महिलाले भन्दा पुरुष निर्देशकले महिला कलाकारलाई राम्ररी प्रस्तुत गरेका बताएकी छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नि’फ) अन्तर्गत भएको छलफलमा बोल्दै करिष्माले यस्तो धारणा राखेकी हुन् ।

‘हुन त मैले सक्रिय रुपमा काम गर्दा महिला निर्देशक पनि हुनुहुन्थेन । तर, दयाराम दाहाल, शिव रेग्मी जस्ता निर्देशकले हामीलाई एकदमै बुझेर प्रस्तुत गर्नु भएको थियो,’ उनले भनिन् ,‘ मेरो समयमा हिन्दी चलचित्रको न’क्कल गरेर ज्यादा फिल्म बन्थे । तर, भारतका धनी र हाम्रा ध’नीबीचमा आकाश जमीनको अन्तर हुन्छ । त्यो जस्ताको तस्तै न’क्कल गर्दा न त्यो हाम्रो फिल्म हुन्थ्यो न उनीहरुको । त्यही भएर मेरो समयलाई अलि फरक तरिकाले हेर्नुपर्छ ।’

दीपाश्री निरौलाले पहिलाको तुलनामा नेपाली फिल्ममा महिलाको सहभागिता उल्लेख्य रुपमा वृद्धि भएको तर्क गरेकी थिइन् । ‘हिजो फिल्म खेल्न जाँदा मुख छो’पेर जानु पर्ने बा’ध्यता थियो । । छानी छानी फिल्म गर्न पाइन्छ, पैसा पनि भनेजति माग्न पाइएको छ । यसलाई म ठू’लो फ’ड्को मान्छु ’ उनले भनिन् ।

सिंह राणाले निर्देशन र अभिनयमा महिलाको उपस्थिति स’न्तोषजनक रहे पनि प्राविधिक क्षेत्रमा भने अहिलेसम्म पनि औंलामा अटाउने महिला मात्र देखिनु  बताइन् । उनले भनिन्, ‘हो पहिलेको तुलनामा यो क्षेत्रको ग्ल्यामर बढेको छ तर त्यो अभिनयमा ज्यादा केन्द्रित छ ।

प्राविधिक विषयमा महिलाले भविष्य नै देखिरहनु भएको छैन । सबैले कि करिष्मा बन्ने कि दीपाश्री निरौला बन्ने मात्र देखिरहनु भएको छ । प्राविधिक क्षेत्रमा पनि महिलाको संख्या बढ्न जरुरी छ ।’ इ कागज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय