शुक्रबार , चैत्र १६, २०८०

काठमाडौ: नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा वरिष्ठ कलाकारहरुले नेपाली सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताएका छन् । निफद्धारा आयोजित चौथो संस्करणमा आइतबार भएको ‘कोभिड पछिको फिल्म बजार’शीर्षकमा छलफल गर्दै फिल्मकर्मीले यस्तो धारणा राखेका हुन् ।

सो कार्यक्रममा चलचित्र निर्माता अर्जुनकुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हँुदा हल बाहेक अन्य बिकल्प खोज्न पर्ने बताए । युट्युब बाहेक अन्य माध्यमबाट चलचित्र हेर्नेको संख्या अत्यन्त न्यून रहेको बताउँदै हाल नेपाली सिनेमा हेरिएको नभई जबरजस्ती देखाइएको अवस्था रहेकाले सजिलो माध्यम हुनुपर्ने उनको भनाइ थियो । नेपाल टेलिभिजनलगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्यम बनाइनु पर्ने उनको जोड थियो ।

सोही अवसरमा नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनालाई चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए । बनिसकेका चलचित्रहरूलाई रेभेन्यू सेयरिङबाट पनि डिजिटल प्लेटर्फममा प्रसारण गर्ने सकिने बताए । नेटफिलीक्स , एमाजोनको उदाहरण दिँदै अव डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकिने उनको भनाइ थियो ।

चलचित्र ‘आमा’को डिजिटल प्रविधिबाट पनि राम्रै आम्दानी गरको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्ने समय आएको बताएका थिए । नायिका एवं चलचित्र निर्माता रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन । नेपाली चलचित्र हलमा हेर्न नै रमाइलो हुने उनको तर्क थियो ।

म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायांकन र निर्माण अझै सुरु नभएको अवस्था रहेको नायिका थापाले बताएकी थिइन् ।

‘सरकारले गरेको नि’षेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित लयमा फर्कन करिब ६÷८ महिना लाग्ने देखिएको छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ’ उनले थपिन्, ‘अनुभवी प्राविधिक पेसा परिवर्तन गर्न बाध्य भए भने यसले उद्योगलाई थप क्षति पुग्नेछ ।’

कार्यक्रममा चलचित्र निर्माता अशोक शर्माले भने नेपालमा सिनेमा कल्चर भनेकै थियटर कल्चर रहेको बताए । सिनेमा बनेपछि थियटरमा लगाउनु अघि प्रचार प्रसार गरेको हुन्छ । हलमा दर्शकहरुको माहोल , रियाक्सन , मनोविज्ञान बुझेर नै निर्माताले सोही अनुसार चलचित्र निमार्ण गर्छन् । हाललाई सिनेमाको विकल्प छैन ।
उनले सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएको हुँदा यसलाई बिर्सेर अगाडि बढ्न नसकिने बताएका थिए ।

उनले लकडाउन यता २२ वटा हल बन्द भएको तथ्यांक प्रस्तुत गर्दै यसमा जय नेपाल, गोपीकृष्ण, कुमारी जस्ता हल पनि परेको बताए । कोरोना महामारी लम्बिँदै गयो भने १० वर्ष गाह्रो पर्ने उनको भनाइ थियो । इ कागज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय