शुक्रबार , चैत्र १६, २०८०

इलाम ।

घरैपिच्छे तीनवटा बाँसमा राता र सेता रङ्गका ध्वाजा राखिएको । यो संगै सूर्य अकित अर्को ध्वजा पनि छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ ।

तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होईन । इलामस्थित माङसेबुङ गाउँपालिकापर्ने लारुम्बा गाउँको चिनारी हो यो । किराँत धर्मगुरु लिङ्देनको कर्मथलो हो, माङ्सेबुङ । जसलाई लारुम्बा पनि भनिन्छ ।

धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । केही बर्ष अघि  शाकाहारी गाउँ घोषणा गरिएको थियो ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ ।

तर त्यस क्षेत्रमा रहेका स्थानिय भने खानेपानी र पहिरोको समस्यामा परेको बताउँछन् । गाँउपालिकाले खापानीको लागि पहल गरिरहेको भएपनि  भुगोलका कारण स्थानियको समस्या सहज रुपमा समाधान नहुँदा अ’सहज भइरहेको स्थानिय सुरेस लावतीको गुनसो छ । पानीको अ’सुविधा, प’हिरो आयो भने निक्कै स’मस्या बनाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय