मंगलबार , चैत्र ७, २०७९

नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमण दर पनि ह्वात्तै बढको छ। अहिले लक्षणसहितको बिरामीको चाप बढेकोले अस्पतालमा बेड पाउन पनि मुस्किल छ। केही सातायता दैनिक तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै कतिपय अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। अस्पताल भरिभराउ भएपछि कतिपय संक्रमितहरु घरमै आइसोसनमा बसेका छन्। घरमा बस्दा अक्सिजनको मात्रा घट्दा के गर्ने भन्ने संक्रमितहरुमा चिन्ता छ। अस्पतालमा भर्ना भएकालाई समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैलाई यस्तो परिस्थितिमा के गर्ने भन्ने जिज्ञासा छ। यसै सन्दर्भमा डा. अनुप सुवेदीले घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले गर्नै पर्ने यस्ता सुझाव दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?

(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

उत्तरःस्टेरोइड औषधि खान सुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।

याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो ९मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि० भने अक्सिजन कम भएको मानिन्छ।

कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक

कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक

कि त Tab Prednisolone 40 mg दिनको १ पटक खाना पछि खाने।

यो औषधि ले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।

औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन।

तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ।

यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।

(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु ) नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय