बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा मत बाडिरहँदा आइतबार बूढानीलकण्ठस्थित देउवानिवास पुगेर अध्यक्ष ठाकुर र महतोले भेटवार्ता गरेका हुन् ।

छलफलमा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा सहयोग गर्नेबारे छलफल भएको नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए ।

उनले नेपाली काँग्रेसको प्रधानमन्त्री ओली विरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेको बताउदै प्रधानमन्त्रीले लिने विश्वासको मतका विरुद्ध उभिन आह्वान गरेको बताए । नेपाली काँग्रेसले आह्वान गरेपनि पनि जसपाका केही नेताहरुबाट कुनै प्रतिक्रिया नआएको सहमहामन्त्री डा.महतको भनाइ छ ।

सभापति देउवाले ठाकुर र महतोालाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेको जनाइएको छ । न्यूज २४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय