शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, २६ बैशाख ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने रणनीतिलाई विफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । बहुमतको प्रधानमन्त्री बन्ने ढोका बन्द भएपछि ओलीले अल्पमतको प्रधानमन्त्री बनेर चुनावमा जाने रणनीति बनाएका हुन् ।

जनता समाजवादी पार्टीले विश्वासको मत नदिने भएपछि ओलीका लागि अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने विकल्प मात्र बाँकी छ । त्यही विकल्पमा जान उनी सक्रिय भएका छन् ।

बहुमतको प्रधानमन्त्री बन्ने देउवाको प्रयासलाई असफल बनाउन ओलीका लागि जनता समाजवादी पार्टीको कम्तिमा १८ सांसदलाई आफ्नो पक्षमा या तटस्थ बनाउन सक्नुपर्छ । अन्यथा एमालेको माधव नेपाल समूहका नेताहरुले राजीनामा दिएर भएपनि देउवाका लागि बहुमतको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गरिदिन सक्छन् । अब ओलीका लागि उपेन्द्र यादवको पक्षमा गएका सांसदहरुलाई देउवाको विपक्षमा पार्नु नै मिसन हुने देखिएको छ ।

देउवाले पनि ओलीलाई अल्पमतको प्रधानमन्त्री बन्नबाट रोक्न जसपाको कम्तिमा १५ सांसदलाई साथमा लिनुका साथै माधव नेपाल समूहका २१ जना सांसदको सामूहिक राजीनामा निश्चित गर्न लागेका छन् । यस्तो अवस्थामा पनि ओली प्रधानमन्त्री बन्नबाट रोकिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय