सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ — निषेधाज्ञाका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम जारी राखिएको छ । अहिले निर्माणस्थलमा ६५० जना कामदार छन् ।

नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत काठमाडौंतिर आइसोलेसनसहितको निर्माणस्थल । तस्बिर सौजन्य : आयोजना
१२/१२ घण्टाको दुई सिफ्ट गरेर सुरुङ खन्ने काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । क्याम्पमा दैनिक ज्वरो नाप्ने, मास्क, सेनिटाइजर प्रयोग गर्नेलगायत सबै काम भएको उनको भनाइ छ ।

‘हामीले १० वटा आइसोलेसन कोठा बनाएका छौं, जसमा ३२ जनालाई राख्न मिल्छ,’ उनले भने, ‘१५ वटा अक्सिजन सिलिन्डरको पनि व्यवस्था गरिएको छ ।’ यो सबै काठमाडौंतर्फ राखिएको हो । ‘केही दिनअघि १६ जनामा कोरोना देखियो,’ उनले भने, ‘उनीहरूलाई साइटमा राखिएको छैन, निर्माणमा खटिने अन्य कामदारको स्वास्थ्य जाँच नियमित गरेर मात्र काम अगाडि बढाएका छौं ।’ अहिले कामदारमा कुनै समस्या छैन । निर्माणस्थलमा मेडिकल टिम नै राखिएको उनको दाबी छ ।

साइटमा निर्माण सामग्री धेरै राख्ने ठाउँ नहुँदा आवश्यकताअनुसार स्थानीयस्तरबाटै ल्याउने गरिएको छ । ‘अहिलेसम्म निर्माण सामग्री नियमित रूपमा पाएका छौं,’ उनले भने, ‘सामग्री ढुवानी गर्ने व्यवस्था राति मिलाइएको छ ।’ तोकिएकै समयमा निर्माणको काम सक्ने गरी निषेधाज्ञामा पनि स्वास्थ्य सावधानी अपनाउँदै काम अघि बढाइएको शाक्यले बताए । अहिले धादिङतिर मुख्य सुरुङ ६४ मिटर र आपत्कालीन उद्धार (स्केप्ट टनेल सुरुङ) ६७ मिटर खनिसकिएको छ । काठमाडौंतर्फ मुख्य सुरुङ ५० मिटर र आपत्कालीन सुरुङ १६६ मिटर खनिसकिएको छ । ‘अहिलेसम्म सबै गरेर मुख्य सुरुङ ११४ मिटर र आपत्कालीन सुरुङ २३३ मिटर खनिसकिएको छ,’ उनले भने ।

काठमाडौंतर्फ नै तीन वटा बक्स कल्भर्ट निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन छन् । सुरुङको मुखमा ओभरपास निर्माणको काम पनि भइरहेको छ । धादिङततर्फ पनि अन्डरपास निर्माण सुरु भएको शाक्यले जानकारी दिए । ‘धादिङतर्फ सुरुङको मुखमा अन्डरपास निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यसको काम सकिसकेपछि चार ठाउँबाट सुरुङ खन्छौं ।’ अहिले तीन ठाउँबाट मात्र खनिएको छ । काठमाडौंमा २ र धादिङमा पालैपालो मुख्य र आपत्कालीन सुरुङ खन्ने गरिएको छ ।

‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति ११ दशमलव ६ प्रतिशत छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका हुन् । ४२ महिनामा निर्माण सक्नुपर्ने सुरुङको १८ महिना सकिइसकेको छ । ‘सुरुङ खन्ने समय १६ महिना हो, त्यसमा ४ महिना सकिएको छ,’ शाक्यले भने, ‘अबको १२ महिनाभित्र सुरुङ छेडिसक्ने लक्ष्य हो ।’ अहिले विस्फोटक पदार्थका लागि पनि समस्या नभएको उनको भनाइ छ ।

जापानिज कम्पनी हाज्मा एन्डोले निर्माणको जिम्मा लिएको छ । २ दशमलव ६८ किलोमिटर दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय