शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर नयाँ सत्तासमीकरणबारे छलफल गरेका छन् । देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन् ।

जसपानिकट स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । तर ठाकुर र महतोले अझै स्पष्ट जवाफ नदिएको उनी निकट स्रोतले बतायो । यद्यपि पछिल्ला दिन नयाँ सत्ता समीकरणमा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बनेको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरे भने ओली नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना रहन्छ । ओलीलाई विश्वासको मत नदिएर उनको सरकार ढालेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसलाई माओवादी केन्द्र साथै जसपाले समर्थन गर्ने गरी विपक्षी गठबन्धनले तयारी गरेको छ ।

तर, जसपामा ठाकुर र महतो अझै ओली नेतृत्वको सरकारकै पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन सिंगो जसपाको समर्थन देउवाले चाहेका छन् ।

त्यसकै लागि ‘कन्भिन्स’ गर्न देउवाले ठाकुर र महतोलाई बोलाएर छलफल गरेको जसपाका एक नेताले जानकारी दिए । ‘पहिला तालाचाबी जसपाको हातमा थियो । आफ्नो हातमा हुँदा लक गरिराख्यो । तर यसपटकको गेम चेन्जर वास्तवमा माधव नेपाल पक्ष हो,’ जसपाको भट्टराई–यादव पक्षका एक नेताले भने, ‘तैपनि उहाँहरू पहिलाका दोस्ती । त्यसले गर्दा शेरबहादुरजीले ठाकुरजीलाई कन्भिन्स गर्नुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय