बिहिबार , बैसाख १३, २०८१

तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला ।

अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् ।

मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् । उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् ।

त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय