शुक्रबार , बैसाख ७, २०८१

कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रो’डबाट क’रोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चम’त्कार भएको छ ।

एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गो’बरजस्तो क’डा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतु’हलता जगायो । अनि उनले त्यो गोब’रजस्तो चिजलाई बोकेर घर ल्याए ।

अनौठो सुगन्ध आउने त्यो गोबरजस्तो चिज आखिर के हो ? भन्ने बारेमा उनलाई सुइँकोसम्म पनि थिएन । उनले त्यो अनौठो चिज घर ल्याइसकेपछि त्यसका बारेमा इन्टरनेट लगायतका अनेक ठाउँहरुमा थुप्रै खोजविन गरे ।

अन्ततः उनले पत्ता लगाए कि त्यो त ह्वे’लको बा’न्ता पो रहेछ । ४ किलो तौलको उक्त बा’न्ता अन्ततः उनले २ लाख १० हजार डलरमा बिक्री गरे । ह्वे’लको बा’न्ताले एकजना ताइबानीलाई एकाएक करोडपति बनाएको उक्त समाचार स्थानीय सञ्चारमाध्यमहरुले केही समयअघि प्रकाशित गरेका थिए ।

आखिर ह्वेलको बा’न्तामा के त्यस्तो चिज हुन्छ र त्यो त्यतिधेरै ब’हु’मूल्य हुन्छ त ?

वास्तवमा ह्वेलको शरीरबाट निस्कने यो उत्स’र्जित वस्तुलाई कतिपय वैज्ञानिकले ह्वेलको बा’न्ता भन्छन् त कतिले ह्वेलको दि’सा । किनकी कहिलेकाहीँ त्यो पदार्थ ह्वेलको मल’द्वारबाट बाहिर आउँछ त कहिले मुखबाट निस्कन्छ । वैज्ञानिक भाषामा यसलाई एम्ब’रग्री’स भनिन्छ ।

ह्वेलको पेटबाट निस्कने ए’म्बर’ग्रीस का’लो वा स्लेट रङको ठोस पदार्थ हो । यो मैनबत्ती जस्तै ज्व’ल’न’शी’ल पदार्थ हो । यो पदार्थले ह्वेलको शरीरभित्र रोग प्रतिरोधी पदार्थको रुपमा काम गर्दछ । आम रुपमा ह्वेलमाछा समुद्रमा तटीय क्षेत्रभन्दा निकै टाढामात्र बस्दछ ।

यस्तोमा ह्वेलको शरीरबाट निस्किएको ए’म्बर’ग्री’स समुद्रको बीचबाट किनारासम्म आउनका लागि वर्षौंसम्म लाग्दछ । समुद्रको नुनिलो पानी, सूर्यको प्र’काश र ता’पका कारण त्यो चट्टानजस्तै कडा र सुख्खा ठोस पदार्थमा बदलिन्छ ।

ह्वेलको यस वा’न्ताको प्रयोग अत्तर अर्थात् प’र्फ्यु’म बनाउन प्रयोग गरिन्छ । सोही कारण यो निकै महँगो हुन्छ । एम्ब’रग्री’स’बाट बनेका अत्तरको सुगन्ध लामो समयसम्म रहन्छ । इतिहास अनुसार प्राचीन मिश्रमा मानिसहरुले एम्ब’रग्री’सबाट बनेका अगरबत्ती तथा धूपको प्रयोग गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय