शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

संविधानविद् डा. भीमार्जुन आचार्यले समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु राम्रो हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै उनले मुलुकको राजनीतिप्रति गम्भीर बन्न र सरकारको असंवेदनशील रबैयाको साक्षी नबन्न आग्रह गर्दै आआफ्नो तरिकाले आवाज उठाउन आग्रह समेत गरेका छन्।

मुलुक नयाँ रोगबाट संक्रमित भएको अवस्थामा समेत मुलुकको राजनीतिक नेतृत्व संवेदनशील बन्न नसकेको डा. आचार्यले उल्लेख गरेका छन्। डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘मुलुक नयाँ रोगबाट सङ्क्रमित छ।

गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन।यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो ।

कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ।

र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुँदैन।

समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं।’ सपोर्टिभ नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय