बिहिबार , चैत्र १५, २०८०

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा सक्रिय छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ का अध्यक्ष दुत्त बहादुर थिगंले आफैले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन् ।

कोभिडको आसंका र ज्वरो आएका बिरामीहरुलाइ वडा अध्यक्ष थिंगले आफैले एम्बुलेन्स चलाएर स्वाब परिक्षणको लागि अस्पताल लाने गरेका छन् । शनिबार उनले आफनो वडाका करिब २० जनालाइ स्वाब परिक्षणको लागी ओसारेका छन् ।

एम्बुलेन्सका चालक समेत बिरामी भएपछि आफैले बिरामी ओसारेको वडा अध्यक्ष थिंगले बताए । सेवाकै लागी जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको वाड अध्यक्ष थिंगले बताए । शनिबार मात्रै असनवा,नयाबस्ती तथा फुलबारीका बिरामीहरुलाइ स्वाब परिक्षणको लागी लगेको उनले जानकारी दिए । वडाबासीका लागि कुनै पनि बेला आफु सेवाको लागी तयार रहेको उनको प्रतिक्रिया छ । गत बर्ष पनि उनी यसरी नै सक्रिय भएर खटेका थिए ।

यता जिल्ला प्रशासन कार्यालय रौतहटले आज देखी जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कारण रौतहट जिल्ला सुनसान छ । हाल सम्म रौतहटमा पछिल्लो समय मात्रै ११ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन् भने २ सय २० जना भन्दा बढी सक्रिय संक्रमित छन । अत्यावश्यकका सवारी साधन बाहेक सबै बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय