शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र ५० भन्दा बढिको मृत्यु । ससर्ती तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्वीर यही हो ।

जनसंख्याको तुलना गर्ने हो भने यो दर भारतकोभन्दा पनि ज्यादा हो । त्यही कारण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालका अस्पतालहरुमा कोरोना बिरामीको कस्तो भयावह अवस्था छ भन्ने हरेक दिनजसो देखाइरहेका छन् ।

यतिबेला संक्रमितले उपचार पाउन कति सकस छ भन्ने संक्रमित र उनका परिवारलाई थाहा छ । यस्तै अवस्था छ भारतमा पनि ।

इतिहासकै कठिन अवस्था भोगिरहेको भारतलाई सघाउन अहिले हरेक दिनजसो ठूला देशहरुले सयौं उडानमार्फत् स्वास्थ्य सामाग्री पठाइरहेका छन् । अमेरिका, रुस, चीन, जापान लगायतका सवैजसो देशले भारतलाई स्वास्थ्य सामाग्री सहयोग पठाइरहेका छन् ।

अमेरिकाले भारतलाई खोप उत्पादनको लागि आवश्यक कच्चा पदार्थ र अन्य स्वास्थ्य उपकरण सहयोग दिइसकेको छ । बेलायतले यसअघि नै भारतलाई स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराएको थियो भने ईयूले स्वास्थ्य सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई कोरोना महामारीविरुद्ध लड्न एक करोड डलर सहयोग गर्ने घोषणा गरेका थिए ।

पाकिस्तान र राष्ट्रसंघले पनि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेपनि भारतले स्वीकार गरेको छैन ।

झण्डै उस्तै नियति भोगेको नेपालमा भने अहिलेसम्म चीनले दिने २० हजार अक्सिजन सिलिण्डर र अमेरिकाले दिने भनेको केही करोड रुपैयाँ आर्थिक सहयोगबाहेक थप सहयोग आएको छैन । यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कोरोना नियन्त्रणमा छ’ झुटो दाबी गरेका छन् ।

यसले नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय समुदायलाई सुनाएर सहयोग प्राप्त गर्ने अवसर प्रधानमन्त्रीले गुमाएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका प्रमुख नेत्र तिम्सिना भन्छन्, ‘यही अवस्था रहने हो भने ठूलो मानवीय क्षति हुनसक्छ । त्यसैले अन्तराष्ट्रिय सुमदायलाई मेडिकल सपोर्ट माग्नुपर्छ ।’ भारतलाई पनि औषधि र स्वास्थ्य सामाग्रीको आपूर्ति नरोक्न भन्नुपर्ने र खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने उनले बताए । अनलाईन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय