आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा उभिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमालेका नेता माधव कुमार नेपालले भेटेरै सरकारको नेतृत्व लिनेगरि पहल गर्न आग्रह गर्दापनि देउवा तयार थिएनन् ।

तर, प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको र लगत्तै बैठक राखेर महत्वपूर्ण निर्णय गर्न लागेपछि देउवा ओलीसँग असन्तुष्ट बनेका छन् । उनले विज्ञप्ती निकालेर नै भोलिको लागि बोलाईएको संवैधानिक परिषदको बैठकमा नजाने र अरु सदस्यलाई पनि नजानको लागि आह्वान गरेका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा समेत सभापति देउवा प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर संविधान मिच्ने काम गरेको र पछिल्लो समय संसदलाई छलेर अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै अब उनलाई विस्थापित गर्नुपर्ने बताएका थिए ।

उनले ओलीलाई हटाउनेगरि आफूले वातावरण बनाएको पनि सांसदहरुलाई ब्रिफिङ गरेका थिए । उनले त्यसको लागि आफूले अन्य दलसँगपनि कुराकानी गरिरहेकोबारे बताएको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय