बिहिबार , बैसाख १३, २०८१

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै देउवाले ओलीलाई विश्वासको मतमा असफल बनाएर कांग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि प्रयास भइरहेको बताएका हुन् ।

‘ओलीलाई विश्वासको मतमा असफल बनाउने हो, ओलीको विकल्प खोज्ने नै हो, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय नै त्यही छ,’ देउवाले भनेका छन् । देउवाले विश्वासको मतमा ओलीलाई असफल बनाइसकेपछिको अवस्थाबारे कानुनविद् र शीर्ष नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

देउवाले ओली नेतृत्वको सरकारले सम्पूर्ण संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेकाले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् । यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन अन्य दलहरूलाई समेत आह्वान गरेको छ ।

कांग्रेसकी सचेतक पुष्पा भुषालले बैठकले विश्वासको मतमा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न आह्वान गर्ने तथा आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले सरकारले संसदलाई छलेर असं’वैधानिक रुपमा अध्यादेशहरू जारी गरेको भन्दै आपत्ति जनाएको छ । असंवैधानिक रुपमा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम बोलाइएको आइतबारको परिषद् बैठकमा सहभागी नहुने निर्णय गरेको भुषालले बताइन् ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र सं’क्र’मितको उपचारका विषयमा समेत छलफल भएको छ । कांग्रेसले सरकारले जनताको स्वास्थ्यमाथि खेल’वाड गरेको भन्दै आपत्ति जनाएको छ ।

नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय