आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेकपा (एमाले)का दोस्रो तहका नेताहरूको प्रयास थियो, राष्ट्रिय सभाको निर्वाचनमा शुक्रबार साँझ ४ बजेसम्म भए पनि साझा उम्मेदवारी दर्ता गर्ने। र, दुई चिरामा विभाजित पार्टीलाई एक बनाएर अघि बढाउने।

त्यसैका लागि बिहीबार र शुक्रबार बिहानसम्म केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरू  सक्रिय रहे। तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्ना अडानमा कायमै रहेपछि सहमति जुट्न सकेन।

ओली र नेपालबीच छलफल गराएर सहमति कायम गराउने प्रयास दोस्रो तहका नेताहरूको थियो। नेपालले यसअघिदेखि राख्दै आएका अडान नै आफ्नो ‘बटम लाइन’ भएको बताएपछि साझा उम्मेदवारीको विषय टुंगो लाग्न नसकेको एक नेताले बताए।

नेपालले २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्ने र नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई यथावत् राखेर जानुपर्ने बताउँदै आएका छन्। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटमा पनि नेपालले यही कुरा दोहोर्‍याएका थिए।

शुक्रबार ओली र नेपालबीच घेटघाट गराउने प्रयासमा रहेका नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले एमालेका तर्फबाट साझा उम्मेदवारी दर्ताका लागि प्रयास भए पनि सफल हुन नसकेको बताए। “हाम्रो प्रयास साझा उम्मेदवारी दिऔं र अन्य बाँकी नटुंगिएका विषयलाई पनि टुंगाएर जाऔं भन्ने थियो, तर त्यो हुन सकेन,” पाण्डेले भने।

पाण्डे र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले ओली र नेपालबीच भेटघाट गराउन शुक्रबार प्रयास गरेका थिए। नेपालले आफ्नो कुरा स्पष्ट रूपमा राखिसकेको र त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्पष्ट धारणा नआएसम्म भेटघाटको अर्थ नहुने भनेपछि भेटघाट हुन सकेन।

त्यसका लागि दुगड र पाण्डेले शुक्रबार दिउँसो नेपाललाई भेटेका थिए। भेटपछि पाण्डेले एमाले नेता विष्णु पौडेललाई नेपालको सन्देश सुनाएका थिए। यसअघि बिहीबार पाण्डेले ओलीसँग पनि भेटघाट गरेका थिए।

त्यसपछि शुक्रबार दिउँसो बालुवाटारमा गोकर्ण विष्टले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। ओलीसँगको भेटपछि नेपाल र ओली पक्षका दोस्रो तहका नेताहरू झन्डै दुई घण्टा छलफलमा जुटेका थिए। नेपाल पक्षबाट विष्ट, योगेश भट्टराई र घनश्याम भुसाल थिए भने ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल थिए।

दोस्रो तहका नेताहरूबीच भएको छलफलबाट पनि कुनै सहमति निस्कन सकेन। उनीहरूले फेरि पनि ‘सेफल्यान्डिङ’को मिलनबिन्दु खोज्ने प्रयास गर्ने जनाएका छन्। बालुवाटार बैठकमा सहभागी नेपाल पक्षीय एक नेताका भनाइमा छलफल सकारात्मक ढंगबाट अघि बढेको छ।

यसअघि बिहीबार पनि नेपाल समूहबाट भट्टराई, पाण्डे, भुसाल, विष्ट र सोमप्रसाद पाण्डेले प्रयास गरेका थिए। त्यस्तै ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लागेका थिए।

खासगरी नेपाल पक्षले २ जेठ २०७५ अघि फर्कनका लागि राखेको अडानको मिलनबिन्दु के हुनसक्छ भनेर नेताहरूबीच विकल्पबारे छलफल भएको छ। ओलीले २८ फागुनपछिको परिस्थितिबाट अघि बढ्ने बताएका छन् भने नेपाल पक्षीय नेताहरू त्यसलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने पक्षमा देखिएका छन्।

शुक्रबार सहमति बन्न नसके पनि नेता पाण्डे आशावादी देखिएका छन्। उनले भने, “केही बिग्रिएको छैन, समय बाँकी छ।”

himalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय