बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

कोरोनासँग नागरिक जुधिरेहका बेला सरकारको प्राथमिकता नागरिकको जीवन र’क्षा बन्नुपर्ने हो । तर, विडम्बना भन्नुपर्छ, प्रधानमन्त्री केपी ओलीलाई संसदमा विश्वासको मत टेस्ट गर्न मन लागेपछि एकाएक कोरोना नि’य’न्त्रणको विषय विषयान्तर भएको छ ।

प्रधानमन्त्री ओली मात्र होइन पछिल्लो राजनीतिक गतिविधिमा शीतल निवाससमेत व्यस्त हुन पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री ओलीले सातामा कतिपटक शितल निवास पुगेर भेटघाट गर्नुपर्ने हो ? कुनै नियममा तोकिएको छ कि ? केही दिनदेखि प्रम ओली बिहान, दिउँसो, साँझ, राति चारै प्रहर शितल निवास धाइरहेका छन् ।

कतै उत्तर र दक्षिणका छिमेकीसँग सामरिक विवाद त बढेको होइन ? वरिष्ठ पत्रकार किशोर नेपालले बिहीबार गर्नुभएको ट्वीट हो योे । नेपालले आफ्नो ट्वीटर ह्यान्डलमा यस्तो लेखिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार मात्रै राष्ट्रपति भेट्न शितल निवास दोस्रोपटक पुग्नुभएको थियो ।

उसो त, पार्टीभित्र अप्ठ्यारो पर्दा र विपक्षीहरुले घेराबन्दी गर्न थालेपछि प्रधानमन्त्रीको शितल निवास आउजाउ बढ्ने गरेको छ । विश्लेषकहरु नेपालमा राष्ट्रपति संस्था स्थापना भएको दशक वितिसक्दा पनि अझै त्यो संस्थाले कसरी काम गर्ने स्थापीत हुन नसकेको बताउँछन् ।

कुनै पनि पार्टीको आन्तरिक विवादको विषयमा राष्ट्रपति पर्नु नहुने विश्लेषकहरुको मत छ । सामान्यतया सरकार प्रमुख र राष्ट्रप्रमुखबीच भेट हुनु स्वभाविक विषय हो । राष्ट्रिय संकट आउँदा वा ठूलै राजनीतिक परिवर्तनको अवस्थामा उनिहरुबिच पटक पटक भेट हुनसक्छ ।

हुन त नेपालमा पनि अहिले कोरोना कारण देश ठूलै सं’क’टमा छ । तर, विहीबार एकै दिन भएको दुई पटकको भेट कोरोनाका विषयमा भन्दा नेकपा एमालेभित्रको आन्तरिक विवादमा केन्द्रित रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय